0 COMMENTS

 sexयौन मानवीय जीवनको अनिवार्य र अनुभूतिजन्य विषय हो । सेक्स जिवनमा अनुभूतिले ठुलो अर्थ राख्छ । अनुभूति बिनाको सेक्स खल्लो र असफल मानिन्छ । अधिकांश मानिस सेक्सलाई मात्र शरीरको भोक मान्छन् र उनीहरुको सेक्स लाइफ बिस्तारै बिग्रदै जान्छ । यसका साथै उनीहरूको वैवाहिक जीवनमा पनि कटुता आउन थाल्छ ।

मानिसको यौन जीवन जति आनन्ददायक हुन्छ उसको वैवाहिक जीवन पनि उत्तिकै सुमधुर र सुखमय बन्छ । त्यसैले सेक्सलाई कलात्मक बनाएर मनोरञ्जनमा ढाल्न सक्नुपर्छ । मानिसको सोचाई वा तनावले सेक्स जीनवमा प्रत्यक्ष प्रभाव पार्छ । त्यसैले सेक्समा आफुलाई कहिल्यै कमजोर महशुस गर्नुहुदैन । एक अर्का प्रति समर्पित भएर सेक्सको सुरुवात गर्नुपर्छ । तर, यति गर्दा गर्दै पनि साना कुराले सेक्समा प्रभाव पार्न सक्छ ।
सम्भोग गर्नुपूर्व सफासुग्घर हुनु पर्छ । यसका लागि नुहाउने, ब्रस गर्ने र आर्कषणका लागि आफ्नो पार्टनरको इच्छाअनुसारको कपडा लगाउनु पर्छ । जसले गर्दा यौन आर्कषण बढ्छ । त्यसपछि ‘फोरप्ले’मा लाग्नुपर्छ । फोरप्ले गर्दा दुबैलाई उत्तेजित बनाउछ र चरम सन्तुष्टिमा लैजान मद्धत गर्छ । यसमा दुबैको इच्छाअनुसारका क्रियाकलाप गर्नुपर्छ । मुख मैथुनका लागि दबाव दिनु हुदैन ।

सेक्सका दौरान फोरप्ले अर्थात् अगाडि गरिने क्रिया महत्वपूर्ण हुन्छ । फोरप्लेबाट सेक्समा आफसेआफ नवीनता आउछ र संबन्धमा पनि प्रगाढता आउछ । सेक्सका असली आनन्द तबमात्र आउछ, जब पति पत्नीको आपसी संबन्ध भावनात्मक हुन्छ । सेक्सलाई शारीरिक जरुरत मात्र नसम्झिएर त्यसलाईपूर्ण रुपमा आनन्द उठाउनुपर्छ । यसका लागि सेक्सअघि फोरप्ले जरुरत हुन्छ ।

सेक्सलाई मनोरञ्जनात्मक बनाउन बिचबिचमा कुराकानी गर्न सकिन्छ । यस्ता कुराकानीमा आफ्नो साथीको प्रशंसा गर्नुहोस् । अंकमाल गर्नुहोस् । महिला साथीको इच्छाअनुसार पोजिसन परिवर्तन गरेर सेक्स गर्दा चाडो चरम सन्तुष्टि मिल्न सक्छ ।

स्खलित भएपछि योनीबाट लिंग झिक्न हतार गर्नुहुदैन । स्खलनपछि कडा अंकमाल गरी चुम्बन गर्दा आनन्द महशुस हुन्छ । सेक्सपछि अर्कोपट्टि फर्केर सुत्ने पुरुषलाई महिलाहरु मन पराउदैंनन् । सेक्सपछि पनि महिलाहरु पुरुषको साथ र सामिप्य चाहन्छन् । महिलाको सेक्स चेतना निकै भावनात्मक र गहिरो हुन्छ । महिलाहरु चाहन्छन् कि, सेक्सपछि पनि उनीहरुका पुरुष साथी सदा आफूहरुको साथ होउन् । यसबाट उनीहरुलाई चरम सन्तुष्टि मिल्छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।