0 COMMENTS
1
याकुब मेमन

नागपुर, १६साउन ।२२ वर्षअघि भारतको मुम्बईमा भएका शृंखलाबद्ध बम हमलाका योजनाकार मानिएका याकुब मेमनलाई बिहीबार फासी दिइएको छ । मेमनलाई नागपुर जेलमा बिहान ७ बजे फासी दिइएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । अदालतले सन् २००७ मै उनलाई मृत्युदण्डको सजाय सुनाएको थियो ।
उनले दिइएको अपिल भारतको सर्वोच्च अदालतले आज बिहान ५ बजे खारेज गरेको थियो । राष्ट्रपति प्रणब मुखर्जीले पनि ममेनको अपिल बुधबारै खारेज गरेका थिए ।
को हुन् याकुब मेमन
मार्च १२, १९९३ मा साढे १ देखि साढे ३ बजेबीच मुम्बईका विभिन्न स्थानमा शृंखलाबद्ध १२ वटा बम विष्फोट गराइएको थियो । जसमा २ सय ५७ जनाको ज्यान गयो भने ७ सय १३ जना घाइते भए ।

अनुसन्धानमा बाबरी मस्जिद भत्काएको प्रतिशोधमा मुम्बईमा सक्रिय माफिया समूह डी. कम्पनीका प्रमुख दाउद इब्राहिमको योजनामा उक्त हमला भएको र उनलाई याकुबका दाजु टाइगरलगायतले सघाएको खुलेपछि केन्द्रीय अनुसन्धान ब्युरोले याकुबसहित १ सय ९० जनालाई घटनाको अभियुक्त बनाएर मुद्दा दायर गरेको थियो ।
घटनाको दिन याकुब मुम्बईमै थिए । दोस्रो दिन उनी परिवारसहित दुबई हुँदै पाकिस्तान पुगेका अनुसन्धानमा खुल्यो । चार्टर एकाउन्टटेन्टसमेत रहेका याकुबलाई होटल ताजमा योजना बन्दा सँगै रहेको, विष्फोटक सामग्रीका लागि आर्थिक स्रोत जुटाएको, आफैं बम राखेको लगायत सिबिआईको आरोप थियो ।
बम विष्फोट घटनाका दोषीको सूचीमा राखेर खोजी सुरु भए पनि उनी पाकिस्तानमा परिवारसाथ बसेर निर्माण व्यवसायमा सक्रिय थिए । घटनाको एक वर्षपछि काठमाडौं विमानस्थलमा ओर्लिंदा पक्राउ परेका उनी भारत पुर्या्इए र लामो बहसपछि घटनाको मतियार ठहर्याउँदै उनलाई अदालतले टाडा कानुनअनुसार मृत्युदण्ड सजाय सुनायो ।
उनले आफू मुम्बईको रेलवे स्टेसनमा नभई आत्मसर्मपण गर्न भारत आउने क्रममा नेपालको काठमाडौंमा पक्राउ परेको दाबी गर्दै मृत्युदण्डको फैसला बदर गर्न भारतीय राष्ट्रपति कार्यालयमा निवेदन हाले । राष्ट्रपति कार्यालयले निवेदनको सुनुवाइ नगरेपछि उनी मृत्युदण्डको फैसला रोक्न भारतको सर्वोच्च अदालतमा पुगे । अदालतले पनि उनको निवेदन खारेज गर्यो ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।