0 COMMENTS

IMG_20151027_122525-985x1024गत फागुन ४ गते इण्टरनेटबाट जन्मिएको नयाँ शक्ति नेपालले मुम्बईमा आफ्नो वर्षगाँठ मनाएको छ । उक्त कार्यक्रममा नेपालका सहसंयोजक कमलराज श्रेष्ठ विशेष अतिथीका रुपमा उपस्थित भएका थिए । युनिवरसिटी वल्र्ड कमब्याट मार्सल आर्ट कलेजबाट मानार्थ Phd.पदवीबाट सम्मानित श्रेष्ठले आम जनताहरु बाबुराम भट्टराईको नयाँ शक्ति र इण्टरनेटबाट जन्मिएको नयाँ शक्तिबीच कन्फ्युजनमा भैरहेको बेला यसबारे क्लियर कट हिसाबले बाबुराम को नयाँ शक्तिसँग आफुहरुको कुनै सम्बन्ध नरहेको मुम्बईबाट प्रकाशीत हुने नेपाल दर्पणका सम्पादक दिनमणी आर पाण्डेलाई दिएको एक अन्र्तवार्तामा स्पष्ट पारेका छन् ।साेही अन्तर वार्ता लाइ हामीले सावार गरेका हाै ।

नयाँ शक्तिको वार्षिक उत्सव मनाउन नेपालदेखि मुम्बईमा आउनुभो प्रतिक्रिया कस्तो पाउनु भो ?
नयाँ शक्ति नेपालको मूल नारानै शान्ति, निकास र विकास हो । इण्टरनेटबाट गत वर्ष मात्रै जन्मिएको पार्टीले झण्डै ६० हजार सदस्यता बनाइसकेको र यसले इतिहास रच्दै गइरहेको बेला यसरी मुम्बईमा वर्षगाँठ र विस्तार गर्न आउदा सकारात्मक प्रतिक्रियानै पाइयो । यहाँका मेम्बरहरुले हाम्रो अभियानलाई तीव्र गतिमा अगाडी बढाइरहेको बेला मलाई पनि मुम्बईका आमप्रवासी नेपालीहरुसँग मिल्ने अवसर दिनुभयो यसमा यहाँहरुलाई धन्यवाद दिन चाहन्छु ।

तपाईहरुको नयाँ शक्ति र बाबुरामको नयाँ शक्ति बीच जनतालाई भ्रम छ स्पष्ट गरिदिनुस न ?
बाबुरामको नयाँ शक्ति भनेको कुनै समय यो देशमा सर्बोच्च पदमा आसिन हुँदा त केही गर्न सक्नु भएन अहिले समय परिस्थितिले शक्ति गुमाउनु भएको छ र पुन राजनितिक बिरासत प्राप्त हेतु बाबुराम भट्टराई जिले नयाँ शक्तिको नाममा नयाँ चोला धारण गरेपनि वहाँको पुरानो पृष्ठभूमि जनतालाई थाह छ । वहाँ आफ्नो पुराना पार्टीमा चाहेको पदप्राप्ती गर्न नसकेका कारण नयाँ शक्ति भन्दै हिडनु भएको हो । वहाँको कुनै नयाँ सोच र भिजन छैन केवल शब्दको भ्रामक जाल हो। तर, हाम्रो मूल नारानै शान्ति निकास र नयाँ विचार र भिजन छ । हामीलाई कुनै राजनीति पार्टी बन्नु छैन । चुनावमा लड्नु छैन । हामी एक सामाजिक संगठनको रुपमा काम गरेर देशलाई नयाँ दिशातिर लैजाने अभियानमा छौं ।

बाबुरामको नयाँ शक्तिलाई यहाँहरुको नयाँ शक्तिले कसरी परिभाषित गरेको छ ?
बाबुरामको नयाँ शक्ति केवल गुमेको राजनितिक बिरासत फर्काउने बहाना हो । वहाले राजनीतिलाई सबल बनाउने पक्षमा हुनुहुन्थ्यो भने आफ्नै पार्टीमा रहेर सकारात्मक संघर्ष गर्नुपर्ने थियो ।

देशमा कुनैपनि परिवर्तन गर्न त राजनीति पार्टी चाहिन्छ, एउटा सामाजिक संगठनले कसरी देशमा परिवर्तन ल्याउन सक्छ ?
हाम्रो देशमा अहिले विभिन्न राजनीति दलहरुले विभिन्न प्रकारका वादहरु ल्याएका छन् । यि सबै वादहरु असफल भैरहेका छन् । देशको स्थिती विजोग बनाएका छन् । यिनीहरुलाई जनताले विश्वास गर्ने कुनै आधार छैन । यस्तोमा हामी नयाँ विकल्प बन्न सक्छौं । भविष्यमा जनताले हामीलाई राजनीतिमा आउन प्रेशर गरे भने आउनपनि सक्छौं । राजनीति दलका नेताहरुले जनतालाई चुनावको बेला मख्खन बाड्दै हिड्छन तर हामी कुनै मख्खन बाडेर भ्रममा पार्न चाहदैनौं हामीले दूध बाडिरहेका छौं र त्यो दुधलाई जनताले मन्थन गरेर देश र जनता अनुकुल नवीन नेपालिवाद जन्माउनेछ त्यही वादको धरातलमा हामी उभ्भिएर असल नेतृत्व पैदा गर्नेछौ।
कुनैपनि राजनीति वा सामाजिक संगठनको एउटा पृष्ठभूमि हुन्छ । इण्टरनेबाट जन्मेको र कुनै राजनीति पृष्ठभूमि नभएका नयाँ शक्तिका

प्रमुख घनश्याम चम्लागाइलाई जनताले कसरी पत्याउने ?
हाम्रो अभियानमा बुद्धिजिवी, युवावर्ग र विदेशमा कार्यरत प्रवासीहरुको सहभागिता छ । एउटा विश्वासकै आधारमा आज हामी इण्टरनेट मार्फत साठी हजार मेम्बर भैसकेका छौं । कुनैपनि नयाँ परिवर्तन ल्याउनका लागि खानदानी वा राजनीति गर्ने झोला बोकेको मान्छे हुनुपर्छ भन्ने छैन, आम जनताले हाम्रो कार्यक्षमतालाई हेरेर बिश्वासको आधार सृजना गर्ने हो भने विश्वास नगर्ने ठाउनै हुदैन । वहाँलाई विश्वास गरिरहेका छन् । हाम्रा मेम्बरहरु दिनहु बढिरहेका छन् ।

यहाँहरुले भूकम्प गएको बेला भूकम्प पिडीत हरुलाई कस्तो सहयोग गर्नुभएको थियो ?
हामीले विशेष गरि नेत्रविहिन र शारिरिक रुपमा अपाङ भएका मानिसहरुलाई झण्डै ६–७ लाख बराबरको मद्दत गरेका थियौं । यो सहयोग दुनियाभरमा रहेका हाम्रा सदस्य हरुले पठाएको रकम थियो । हामीले लेखेको र इण्टरनेटमा परिचयको आधारमा हामीलाई पैसा पठाउनु भयौं र हामीले पनि त्यो पैसाको सहि सदुपयोग ग¥यौ । यसै वर्ष युवाहरुलाई प्रोत्साहन दिनका लागि कैलालीको धनगढीमा झण्डै ८ लाख खर्च गरेर एक अन्र्तराष्ट्रिय खेलकुद प्रतियोगिता सपन्न गरेका छौं । यसले पनि युवाहरु माझ हाम्रो विश्वसनियता बढ्दै गएको छ ।

अन्तमा, प्रवासीलाई नयाँ शक्तिमा आबंध हुनका लागि कसरी प्रोत्साहित गर्न चाहनुहुन्छ ?
हामी एउटा नयाँ विचार र भिजन लिएर फरक किसिमले प्रस्तुत हुँदैछौं । देशलाई नयाँ विचार विकास र निकास दिन चाहने कुनै पनि प्रवासी नेपालीहरु यसमा आबंध हुन सक्नुहुनेछ । देशलाई यहाहरुको खाँचो पनि उत्तिकै छ । अहिलेको राजनीति नेतृत्वले देशलाई कुनै परिवर्तन दिनेवाला छैन । हामीले फरककिसमले जान अभियान चलाएका छौं । देश र राष्ट्रियताको लागि आवाज उठाउन हामी सबैसँग अपिल गर्दछौं ।
(नेपाल दर्पणका सम्पादक दिनमणी आर पाण्डेसँग भएको कुराकानी ।)

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।