0 COMMENTS

  काठमाण्डाै२०८०/१/२६ दिनप्रतिदिन विश्वव्यापी रूपमा बिग्रँदै गएको वातावरणका कारण जलवायु मा देखिएको परिवर्तनले निम्त्याउन सक्ने जोखिम हरु का बारे स्थानीयस्तरमा गर्न सकिने क्रियाकलापहरुका बिषयमा छलफल कार्यक्रम गत शुक्रबार तारकेश्वर नगरपालिका वडा नम्बर ४ स्थित मिलन बस्तीमा रहेको सृजनशील महिला समाजको आयोजना र प्रकृती रिसोर्सेज सेन्टर को प्रायोजनमा तारकेश्वर नगरपालिकाका प्रमुख कृष्ण हरि महर्जन तथा उपप्रमुख सृजना बुर्लाकोटी लगायत वडा अध्यक्षहरु संघसंस्थाका प्रतिनिधिहरु बहुसरोकारवाला मञ्चका सदस्यहरु तथा पत्रकारहरूको उपस्थितिमा सम्पन्न गरियो।

वातावरण तथा जलवायु का सवालहरुलाई स्थानीयकरण गर्ने उद्देश्यले कछुवा पार्टी प्यालेस मा आयोजना गरिएको उक्त छलफल कार्यक्रम मा बोल्दै २,३, ४ र ८ वडा का अध्यक्षहरुले वर्तमान समयमा निकै जल्दोबल्दो रूपमा रहेको यो समस्यालाई गहन रुपमा हेरिएको र यससँग सम्बन्धित क्रियाकलापहरू आफ्नो वडामा पनि गर्न सुरु गरिएको बताउनुभयो। त्यस्तै गरी नगरप्रमुख कृष्णहरि महर्जनले विश्वव्यापी चिन्ता काे विषय बनेको जलवायु परिवर्तन र यसले नेपालमा पुर्याउन सक्ने खतराहरु को साथै देशका ७५३ वटै पालिकाहरु मा गरिएको जलवायु जन्य जोखिमको हिसाबमा मध्यम जोखिममा परेको तारकेश्वर नगरपालिकाको अवस्था र जलवायु परिवर्तनका कारण पर्न जाने जोखिम न्यूनीकरणका विषयलाई प्राथमिकता मा राखिएको र विगतका वर्षहरुमा भएको प्लटिङमा कारण वरपरका डाँडाहरूको गुमेको सुन्दरता लाई पुन हरियालीमा परिणत गर्न आफू तत्पर रहेको र त्यसका लागि प्लटिङकार्य मा रोक लगाइएको, पालिका भित्र रहेका खोलानाला हरुलाई ढल मुक्त वनाउने कार्यमा जुटेको, पानीका मुहान हरूको संरक्षण मा लागिपरेको तथा सम्भव भएसम्म सडकपेटीमा गर्न सकिने वृक्षारोपण ,हेरविचार र संरक्षण गर्दै नगरपालिकामा हरितिकरण अभियानलाई अघि बढाइएको बताउनुभयो। साथै जनचेतनाको कमीका कारण सडकको पेटी लगायत खोलामा यत्र-तत्र फालिएका फोहोर हरुलाई व्यवस्थापन का लागि जनचेतना मुलक कार्यक्रम हरु गर्न नगरपालिकाभित्रका महिला दिदीबहिनीहरुलाई सक्रिय भएर लाग्न पनि आह्वान गर्नुभयो भने यी विषयहरुमा खर्च गर्न का लागि बजेट विनियोजन समेत गरिदिने प्रतिबद्धता जनाउनु भयो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।