0 COMMENTS

काठमाडौँ, २१ कात्तिक/आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा काठमाडौँ क्षेत्र नं ४ मा रोचक प्रतिस्पर्धा हुने देखिएको छ । बिसं २०७४ को निर्वाचन प्रतिस्पर्धी नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा र एमालेका  नेता डा राजन भट्टराई यसपटक पनि चुनावी मैदानमा छन भने राष्ट्रिय प्रजातन्त्र पार्टीकाे तर्फ बाट सशस्त्र प्रहरीका पुर्व ए आई जि डाक्टर ठाकुरमाेहन श्रेष्ठ चुनाबी मैदानमा रहेका छन  ।

विसं २०७४ को निर्वाचनमा थापाले भट्टराईलाई पराजित गरेका थिए । गत निर्वाचनमा बिजयी थापाले २१ हजार पाँच सय ५८ मत प्राप्त गरेका थिए । त्यतिबेला भट्टराईलाई वाम गठबन्धन (एमाले–माओवादी)को समर्थन थियो । तर, यसपटक भने एमाले एक्लै चुनावीमा मैदानमा छ । थापालाई सत्तागठबन्धनको समर्थन रहेको छ ।
वाम गठबन्धन हुँदासमेत भट्टराईलाई तीन हजार मतको अन्तरले पराजित गरेका थापाले यसपटक पनि दूबैको कडा प्रतिस्पर्धा हुनेदेखिएको छ । गत वैशाखमा भएको स्थानीय तहको मतपरिणामलाई केलाउँदा पनि सो क्षेत्रमा गठबन्धन बलियो देखिएकोे छ । उक्त क्षेत्रमा कूल १२ वडामध्ये एमाले नौ र कांग्रेस तीन वडामा विजयी भएको छ ।राप्रपाकाे तर्फबाट उमेदवारी दिएका डा‍.ठाकुरमाेहन श्रेष्ठ पनी बुढानीलकण्ठ क्षेत्र बासी रहेकाे र सरकारी क्षेत्रमा रहेर काम गरीसकेका अनुभवी उमेदवार रहेकाे हुनाले श्रेष्ठ ले पनी उल्लेखनीय मत ल्याउने स्थानीय मतदाताहरु काे आकलन रहेकाे छ ।

सो क्षेत्रमा एमालेले काठमाडौँ महानगरपालिकाको १ र बूढानीलकण्ठ नगरपालिकाका आठ वडा क्रमशः १,२,८,९,१०,११,१२ र १३ मा जित हासिल गरेको छ । कांग्रेसले काठमाडौँ महानगरका ७, ८ र ३० वडामा जित हासिल गरेकोे छ । स्थानीय तहको निर्वाचनमा १२ वडामा एमालेका वडाध्यक्षले १६ हजार पाँच सय सात मत प्राप्त गरेका थिए । यस्तै नेपाली कांग्रेसका वडाध्यक्षले १५ हजार सात सय ६३ मत प्राप्त गरेका थिए ।

त्यस्तै, एकीकृत समाजवादीका वडाध्यक्षले दुई हजार चार सय १४ र माओवादी केन्द्रले आठ सय २८ मत प्राप्त गरेका थिए । वडाध्यक्षले पाएको मतका आधारमा सत्ता गठबन्धन एमाले भन्दा दुई हजार एक सय ९८ मतले अगाडि छ । सो क्षेत्रमा कांग्रेसका थापा र एमालेका भट्टराई राप्रपाका ठाकुरमाेहन श्रेष्ठ सहित हाम्रो नेपाली पार्टीबाट अर्चन शम्शेर राणा, एकीकृत शक्ति नेपालबाट नवराज भण्डारी, आमूल परिवर्तन मसिहा पार्टीबाट धु्रवराज गिरी, नेपाल मजदूर किसान पार्टीबाट रमेश डङ्गोललगायतको उम्मेदवारी रहेको छ ।

प्रतिनिधिसभा निर्वाचन क्षेत्रतर्फ काठमाडौँ क्षेत्र नं ४ मा ३३ मतदानस्थल र ८२ मतदान केन्द्र निर्धारण गरिएको छ । सो क्षेत्रमा ६९ हजार सात सय ५२ मतदाताको सङ्ख्या रहेको छ । तीमध्ये ३३ हजार चार सय ७४ पुरुष र ३६ हजार दुई सय ७७ महिला छन् । अन्य मतदाताको सङ्ख्या एक रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।