नगरयोग कमिटीद्वारा पदभार ग्रहण कार्यक्रम सम्पन्न।

२०७९/०५/२४/शुक्रबार,“गरौ योग रहौं निरोग” भन्ने नारा सहित स्वस्थ समाज निर्माणको उद्देश्य लिएर स्थापना गरिएको पतञ्जली योग समिति नेपाल बागमती प्रदेश काठमाडौँ जिल्ला अन्तर्गत, तारकेश्वर नगरयोग समितिको आयोजनामा नव गठित कमिटीका पदाधिकारीहरुलाई पदभार ग्रहण कार्यक्रम सम्पन्न गरिएको छ।

तारकेश्वर नगरपालिका वडा नम्बर १० मा अवस्थित, सूर्योदय याेग केन्द्रमा आयोजना गरिएको उक्त कार्यक्रममा तारकेश्वर नगरपालिकाकाे ११ वटै वडालाई प्रतिनिधित्व गर्ने गरी प्रतिनिधिहरु छनौट गरिएको थियो। प्रमुख अतिथि काठमाडौ जिल्ला अध्यक्ष, सुरेन्द्र रिमाल र सभाध्यक्ष जे. बी रसाइली रहनुभएको यो कार्यक्रममा प्रमुख अतिथिले तारकेश्वर नगरपालिकालाई योगमय बनाउदै प्रत्येक व्यक्तिमाझ योग पुर्याउन सबै प्रतिनिधिहरूलाई कटिबद्ध भएर लाग्न आग्रह गर्दै शपथग्रहण पनि गराउनुभएको थियो।