ढाड दुख्ने समस्या र समाधान-डा‍.विवेक खड्का

ढाड दुख्ने समस्याले मानिसमा प्राय जस्तो धेरै व्यक्तिहरुको जिवनस्तरलाई असर पार्ने समस्या हो। मानिसको मेरुदण्डमा रहेको मांशपेसी, नसा ,हाड अथवा अन्य संरचनाहरुमा अनुभव गरिने समस्या हो।

मुख्य करङको तल्लो भाग देखी हिपको मासुहरु र एक या दुइवटानै खुट्टा सम्म दुख्ने लाटो बनाउने गर्दछ। ढाड दुख्ने समस्याले धेरैलाई दुख दिने भएपनि यसलाई पुर्णरुपमा निदान गरिएको उदाहरणहरु एकदमै कम छन्।
सुई लगउनु वा सल्यक्रिया अथवा अन्य उपचार पछिको वर्षमा परिणाम लगभग उस्तै भएको या अझ वढी पिडा भएको देख्न पाइएको छ। मानिसहरुलाई चिकित्सककोमा धाउन बाध्य बनाउने कारणहरु मध्य यो पाचौँ स्थानमा पर्दछ। दैनिक काममा जान नसक्नुका कारणहरु मध्य ४०% ढाडको तल्लो भाग दुख्ने समस्या हुने गर्दछ। यतिमात्र नभइ विश्वभर हुने शाररिक अपाङ्गताको एकमात्र प्रमुख कारण पनि हो।

पृष्ठभुमी
स्तनधारी जीवको इभोलुसन भएको १५ करोड वर्ष भएको अनुमान लगाउन सकिन्छ। त्यसमा अरु जिव-जन्तु जस्तै चार पाउ टेकेर हिड्दै आएको प्राणी हो मान्छे। विस्तारै मानव विकाश सङ्गै दुई खुट्टा टेकेर हिड्न थालेको १/३० भन्दा कम समय भएको देखिन्छ। जसका मुख्य कारण हाम्रो शारिरिक लोड मेरुदण्डमा सवै पर्न गयको छ, जुन विकाश सङ्गै मेरुदण्ड बदलिने विकाश कम भएको पाईन्छ। त्यसै कारणले गर्दा पनि शरिरको सबै लोड तल्लो ढाडमा पर्नीले यो समस्या प्राय जसो मानिषमा देखिने गर्दछ। १० मध्य ९ व्यक्तिले आफ्नो जोवनको कुनै न कुनै क्षणमा ढाडको समस्याले पिरोललेको र उपचार गर्न वाध्य बनाएको पाइन्छ।
                                                          कारणहरुः
ढाड दुख्ने समस्या विभिन्न कारणले हुने गर्दछ।
लगभग ९५% समस्या नन स्पेसिफिक ब्याक पेन को रुपमा पहिचान हुने गर्दछन् जसमा गम्भिर समस्याहरु आउदैनन्सामान्य उपचार पछि कम हुने गर्दछ र बाँकि स्पेसिफिक लो व्याक पेनहरु जस्तै  इन्फ्लेमेटरी डिजिज, ट्युमर, रेडिकुलर सिन्ड्रोम कउडा ईक्युना आदी पर्दछ।
ढाड दुख्ने समस्याको एक प्रमुख सम्भावित स्रोत ढाडको मांशपेसी हो। धेरै जसो मांशपेसीको थकान, बाउँडिने,तन।केर हुने स्प्रेन जस्ता समस्याले ढाड दुख्ने गर्दछ। त्यस्तै मांशपेसीको गडवडी किन आउछ भन्ने कुरा अहिले सम्म बुझ्न सकिएको छैन। यो समस्याको अर्को स्रोत मेरुदण्डको जोर्नी र डिक्समा आउने समस्या पनि हो। जस्तै अरु कारणहरु दुर्घटना, क्यान्सर, लिगामेन्टको समस्या, डिजेनेरेटिभ डिक्स रोज,स्पाईनल स्टेनोसीस आदी हुन।
ढाड दुख्नको लागि विभिन्न कारकहरु हुने गर्दछ जसमाः

जेनेटिक कारकः
जुन वशांणुगत गुणको रुपमा सन्ततिहरुमा देखिनेगरेको पाइन्छ।
जीवन शैलीः
रिर्सचहरुको अध्यनले मानिसको जिवनशैली ढाड दुखाइमा महत्चपर्ण भुमिका खेलेको पाइन्छ। जसमा मोटोपन, खानपिन जस्तै चुरोट, रक्सी सेवन गर्ने व्यक्तिहरु जोखिमका कारण यस कारकमा पर्दछन। दैनिक व्यायम, पुर्ण रुपमा निन्द्रा र आराम पुग्ने व्यक्तिहरुमा कमै मात्रामा यो समस्या आउने हुन्छ।

सामाजिक र मानशिक कारकः
सामाजीक र आर्थीक रुपमस कमजोर व्यक्तिहरुमा यो समस्या बढि मात्रामा देखिएको पाइन्छ। मुख्य रुपमा स्वास्थ समन्धि चेतनाको कमी र भौतिक रुपमा पर्ने कामकोलोढको असरले ढाडको दुखाइ बढी मात्रामा निम्त्याउछ, भने मध्यम वर्गिय र धनाड्य परिवारमा व्यायमको कमि, बस्ने आसन वा कुर्सीमा बसेर गरिने लामो समयको कार्यले पनि यो समस्या बढाएको पाइन्छ।
त्यस्तै मानसिक तनाब, डिप्रेसन, पारिवारिक किचलो, एन्जाइटि जस्ता समस्याले गर्दा एकनासै जिउभरी र ढाड दुख्ने समस्या निम्त्याउदै जाने गरेको अध्यनहरुले देखाएको छ।

कति बेला ढाड दुखाइलाई आकस्मीक अवस्थाको रुपमा लिने?
• यदी दुखाइ दिनको समय भन्दा वढि रातको समयमना भए,
• सुतेको बेला निन्द्राबाट बिंउझिने खालको दुखाइ भए,
• आराम गर्दा पनि दुखाइ कम नहुने वा झन बढ्ने भए,
• दुखाइसंगै ज्वरो आउने, खाना नरुच्ने, तौल घट्दै गए,
• हात खुट्टा कमजोरी झैं भइ लतरिने भए,
• पिसाव कन्ट्रोल नहुने या पिसाव नआउने वा गुप्ताङ्गमा सेन्स कमी भए

प्रायजसो ढाडको तल्लो भाग दुख्ने समस्या भएको खण्डमा भौतारीनु भन्दा उपचार तिर लाग्नु राम्रो मानिन्छ। पहिलो चरणको समस्या भएमा सामान्या फिजियो थेरापिष्ट द्धारा सिकाईएको व्यायामहरु गर्नाले केहिदिन वा हप्तामा आफै ठिक भएर जाने गर्दछ।
ढाडमा हुने डिस्क हर्निएसनको समस्या मध्य पनि करिब २% मनिसलाई मात्र सर्जरी जरुरत पर्न सक्दछ भने बाकिँ आफ्नो जिवनचर्या वदल्ने र फजियोथेरापि नियमित रुपमा गरेर व्यायामहरुलाई प्राथमिकता दिने हो भने पुरानै क्वालिटिको जिवन जिउन सहजबनाउने गर्दछ।

पीडाको व्यवस्थापनः
ढाड दुखेर वा रेडिएटिङ्ग दुखाई व्यवस्थापन गर्नका लागि डाक्टरको परामर्श लिएर औषधी सेवन गर्न सकिन्छ या फिजीयो थेरापी मेसिनहरु द्धारा दुखाइ कम गराउन सकिन्छ। फिजियि थेरापीमा टिन्स, अल्ट्रासाउन। जिउ तताउने उपकरण जस्ता अन्य मेसिनको साथ साथै हातले गरिने म्यानुअल थेरापी, जोर्नीको मोबिलाइजेस र फेसिया रिलिज जस्ता टेक्निक प्रयोग गरेर दुखाइबाट मुक्ति पाउन सकिन्छ। साथै नियमित फिजियो थेरापिष्टले बताय अनुसारको व्यायाम, आसन र कार्यहरुमा सुधार ल्याएमा पछि आउने समस्याहरुबाट वच्न निकै महत्वपुर्ण भुमिका खेल्ने गर्दछ।

चिरफार
ढाड दुख्ने समस्या भएको मध्य १ देखि २% मान्छेमा मात्र सर्जरीको जरुरतर पर्ने हुन सक्छ, यदि लामो समय सम्म फिजीयो थेरापी, औषधी उपचारले पनि काम नगरेको खण्डमा, या हिँडडुल गर्न नसक्ने, छोएको थाहा नपाउने ।
त्यसैले ढाडको दुखाइ देख्दा सामान्य लागे पनि हेलचक्राइ गर्न नहुने समस्या हो। समयमानै उचित परामर्श र उपचार लिन सकेमा यो समस्याले दुख दिदैन। डाक्टरले भने अनुसारको औषधी उपचार र फिजियो थेरापीष्टले सिकाएको व्यायाम अनि जिवनयापनमा परिवर्तन ल्याएर सजिलै समयमा नै पछि निम्त्याउने जटिलताबाट वच्नु नै राम्रो हो।।हाल कार्यरत : Digi medical , Tarkeshwar Physiotherapy Center contact no :9851221152 #Email [email protected]