जीवनका सयौं गुरु

प्रतिभा भट्टराई /बर्षभरि मा आउने १२वटा पूर्णिमा मध्ये असार शुक्ल पूर्णिमा लाई गुरु पूर्णिमा भनिन्छ। यसै दिन माता सत्यवती र पराशर ऋषी का पुत्र,चार वेद र अठार पुराण का रचयिता गुरु व्यासको जन्म पनि भएको कारण यस दिन लाई व्यास पूर्णिमा पनि भनिन्छ। यस दिन ती सम्पूर्ण गुरुहरूको स्मरण, पूजा, सम्मान र श्रद्धा गरीन्छ जस्ले ती चारै वेद अनि अठार पुराण को वर्णन गरिएका कथा र मन्त्र हरुलाई सरल तरीकाले जनमानसमा फैलाउने काम गरे वा हामि भित्र भएको अज्ञान, कमजोरी वा नकारात्मकता हरुलाई हटाएर सत्कर्म र सद्ज्ञानकाे गंगा बगाउँदै सकारात्मकता तीर डोहोर्याउने काम गरे। आफ्ना चेला हरूको उज्ज्वल भविष्य को कामना राखे , साथ, सहयोग र पथ प्रदर्शन गरिरहे अनि गुरु दक्षिणा मा केवल आफ्ना चेलाहरू ले आफूले दिएको ज्ञानको चिन्तन मनन गरी व्यवहारमा उतारेको मात्र हेर्न चाहे। धार्मीक मान्यता अनुशार बिना मन्त्रको जप कुनै पनि कार्य सफलता नमिल्ने हुनाले पुरुष हरूले गायत्री मन्त्र लिनु पर्ने र महिलाले पनि दिक्षा मन्त्र लिनु पर्ने बताइएको छ।

यसबाहेक पनि आफ्ना इच्छा अनुसार अन्य मन्त्र हरु लिएर नियम पूर्वक जपी मोक्ष प्राप्तिको बाटो अँगाल्ने व्यक्तिहरू हाम्राे समाजमा थुप्रै भेटिन्छन् तर आजभोली यस्ता धार्मीक मान्यता हरूको विश्वास नगर्ने, मन्त्रको शक्ति बुझ्न नसकी कसैले भनेको भरमा जप लिएका कारण नित्य,नियमपूर्वक जप गर्न नसक्ने गुरुको मर्यादा राख्न नजान्ने र गुरु पूर्णिमा नै बिर्सने मान्छे हरूको सङ्ख्या भने समाजमा दिन् प्रतिदिन बढ्दै गएको छ। मन्त्रको अदृश्य शक्ति काे पहिचान गर्न सक्ने क्षमता सबैमा नभए पनि आधुनिक शिक्षा सबैलाई जरुरी हुने हुनाले शिक्षा प्रदान गर्ने गुरु त धेरैका धेरै नै हुने गर्दछन्। स्कुल र कलेजमा अध्ययन गरिरहँदा आफ्ना गुरुहरूको सम्मान गर्न सकिने भए पनि ब्यस्त बन्दै गएको आधुनिक जिवन शैली मा पढाइ सकिए पछि भने स्मरण गर्नु सिवाय ती गुरुहरुलाई भेट्नसक्ने अवस्था रहँदैन तर पनि बोलचाल सहज बनाएको सञ्चारका माध्यम हरूको प्रयोग गरेर भए पनि आजको दिन आफ्ना गुरु हरूको आशीर्वाद लिनु राम्रो हुन्छ। यसै गुरु पूर्णिमा काे दिन्,ब्रह्मा विष्णु र महेश्वरको संयुक्त रूप मानिएको दत्तात्रय कोपनि दर्शन र पूजा गरिन्छ। उनले पनि आकाश बाट विशालता, जल बाट निर्मलता , पृथ्वीबाट सहनशीलता , अग्निबाट समानता सिक्दै माकुरा, मौरी , बेस्य्या सहीत आफ्ना २४ गुरु मानेका थिए।त्यस्तै गरी मन्त्र प्रदान् गर्ने र शिक्षा दिने गुरु बाहेक पनि हाम्रो जीवनमा थुप्रै गौण गुरु हरु हूने गर्दछन्। धार्मीक मान्यता र संस्कार संस्कृति बुढापाका व्यक्तिहरूले नयाँ पुस्तालाई सिकाउने गर्दछन भने नयाँ प्रविधि र भित्रिने नयाँ चलन नयाँ पुस्ता हरु ले नै पुराना लाइ सिकाउनु पर्ने हुन्छ।

हरेक दिन देखिने मानिसहरूका नौला नौला राम्रा नराम्रा व्यवहार, भेटिएका थुप्रै साथीहरूका चालचलन, समयले जुराउने नयाँ नयाँ घटना , लगाउने, खाने घुम्ने क्रममा पनि हामीले धेरै ज्ञान् पाइरहेका हुन्छौं र हाम्रा थुप्रै गुरुहरू बनिरहेका हुन्छन्। त्यस्तै बलवान समय त झनै हामि सबैको उच्च स्थानको र अदृश्य गुरु नै हो। एउटा मानिस नै पनि कति ठाउँमा, नजानिँदो तरिकाले कतिजनाको गुरु बनिरहेको हुन्छ भने कति ठाउँमा चेला।जो कसैलाई अपमान गर्ने, घृणा गर्ने र धोका दिने व्यक्तिले पनि तितो अनुभव सहीत जीवनमा संघर्ष सिकाइरहेका हुन्छन् तर पनि त्यस्ता मानिसहरूलाई भने गुरू पूर्णिमा काे दिनमा सम्मान गरिँदैन।