बढ्यो सुनको मूल्य, यस्तो छ आजको भाउ

2022-03-13   अर्थ

काठमाडौं २९ फागुन २०७८। नेपाली बजारमा सुनको मूल्य आज बढेको छ । हिजो सुनको मूल्य प्रतितोला एक लाख २ हजार ६ सयमा कारोबार भएकोमा आज तोलामा २ सयले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख २ हजार ८ सय रुपैयाँ कायम गरिएको छ भने तेजावी सुनको मूल्य प्रतितोला एक लाख २ हजार ३ सय रुपैयाँ कायम गरिएको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । हिजो चाँदीको मूल्य प्रतितोला १४१५ रुपैयाँमा कारोबार भएकोमा आज बढेर प्रतितोला १४२५ रुपैयाँ मूल्य कायम गरिएको महासंघले जनाएको छ ।