0 COMMENTS

काठमाडौं माघ १, २०७८ /फेरि एकपटक विश्वभर कोरोनाको महामारी फैलिएको छ । कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको तेस्रो लहर सुरु भएपछि यसले विश्व समुदायलाई त्रसित पारेको छ । अमेरिकी रोग नियन्त्रण तथा रोकथाप केन्द्रहरुका अनुसार ओमिक्रोन भेरियन्ट भने डेल्टाको तुलनामा कमजोर छ । ओमिक्रोन भेरियन्टको संक्रमणबाट मृत्यु हुनेको संख्या डेल्टाको तुलनामा ९१ प्रतिशत कम भएको पाइएको छ । ओमिक्रोनबाट मृत्यु हुने भएपनि डेल्टाको तुलनामा कम हुने बताइएको छ ।

अमेरिकी रोग रोकथाम केन्द्रका अनुसार ७० हजार संक्रमितको विषयमा गरिएको अध्ययनले ओमिक्रोन संक्रमितहरु मध्ये कम मात्र अस्पताल भर्ना हुनुपरेको छ । जसमा ५२ हजार २ सय ५७ जना ओमिक्रोन संक्रमित र १६ हजार ९ सय ८२ जना डेल्टा भेरियन्ट संक्रमितको विषयमा अध्ययन गरिएको थियो । जसमध्ये ५० प्रतिशत ओमिक्रोन संक्रमित अस्पताल भर्ना भएका थिए भने २५ प्रतिशत संक्रमितलाई धेरै रेखदेखको आवश्यकता परेको थियो ।

अध्ययनका अनुसार ओमिक्रोनका बिरामीहरुको अस्पताल भर्ना हुने समय पनि कम छ । डेल्टाको तुलनामा ओमिक्रोन संक्रमितहरुले ७० प्रतिशतभन्दा कम समय अस्पतालमा भर्ना भएर बसेका छन् । यो भनेको एक दिन र आधा दिन मात्र अस्पताल भर्ना भएको भन्ने बुझिन्छ । अध्ययन गरिएका संक्रमितहरुमध्ये ओमिक्रोन संक्रमित एक जनालाई पनि भेन्टिलेटरको आवश्यकता परेन तर डेल्टा संक्रमित ११ जनालाई भेन्टिलेटरको आवश्यकता परेको थियो । डाटाका अनुसार डेल्टा संक्रमितमध्ये १४ जनाको मृत्यु भयो भने ओमिक्रोन संक्रमित एक जनाको मृत्यु भयो । यो डेल्टाको तुलनामा ९१ प्रतिशत कम थियो ।

ओमिक्रोनको महामारीमा मृत्यु हुनेहरुमा पनि डेल्टा भेरियन्टको असर भएको अध्ययनमा पत्ता लागेको छ । ओमिक्रोन महामारी चलिरहेको अवस्थामा पनि डेल्टाकै कारण धेरैको मृत्यु भएको छ ।एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।