घट्यो सुनचाँदीको मूल्य

2022-01-04   अर्थ

काठमाडौँ, २० पौष । आज बजारमा सुनचाँदीको मूल्य घटेको छ ।नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन ९ सय रुपैयाँले घटेर प्रतितोला ९२ हजार २ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा ९१ हजार ७ सयमा कारोबार भएको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि १५ रुपैयाँले घटेर प्रतितोला १२ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।