0 COMMENTS

 प्रतिभा भट्टराई,काठमाण्डाै ०४मंसिर०७८/ योग ऋषि स्वामी रामदेव जी महाराज तथा परम श्रद्धेयआयुर्वेद शिरोमणि आचार्य वालकृष्ण जी महाराज को उपस्थितिमा मंसिर ३गते पतञ्जलि योग पीठ नेपाल काे मण्डिखाटार मा बनेको पतञ्जलि सेवा सदन भवन समुदघाटन , सँगै स्वदेशी समृद्धि कार्ड र दुईवटा आध्यात्मीक च्यानल आस्था नेपाल र पतञ्जलि नेपालकाे पनी उदघाटन गरीएको थियो।

सम्माननीय प्रधानमन्त्री शेर बहादुर देउवा  काे प्रमूखआतिथ्य तथा भारत केन्द्र सरकारको माननीय सडक परिवहन एवं राजमार्ग मन्त्री  नितिन मड्करी  काे विशिष्ट आतिथ्य मा सम्पन्न गरिने भनिए पनि उहाँ विशेष काम ले कार्यक्रमममा उपस्थित हुन नसके पछि भर्चुवल प्रविधी मार्फत उहाँको उपस्थिति रहेकाे थियो।
पूर्व प्रधान मन्त्री, माधव कुमार नेपाल तथा पुष्प कमल दाहाल लगायत, रामचन्द्र पौडेल, बालकृष्ण खाँड, विमलेन्द्र निधी, सुजाता कोइराला, उपेन्द्र यादव,राजेन्द्र महतो, उपेन्द्र महतो तथा अन्य विशिष्ट मन्त्री र व्यक्तिको उपस्थितिमा प्रधान मन्त्री शेर बहादुर देउवा ले पानसमा बत्ति बालेर उद्घाटन गर्नु भएको सो कार्यक्रम केन्द्रिय प्रभारी लव देव मिश्र ले सञ्चालन गर्नु भएको थियो।

बिहान ५बजे देखी योग, प्राणायाम रहवन पद्धति सिकाउनु भएको बाबा रामदेवले, योगी वा महापुरुष हरु काे जन्म जुनसुकै ठाउँमा भएको भए पनि विश्व कै नागरिक हुने र सम्पूर्ण ब्यक्ती एउटै प्रकृति धर्ती वा माताका सन्तान हुने भएकाले पतञ्जलि मा जातपातको कुरा नहुने बताउनु भयो भने नेपालमा योग, आयुर्वेद र आध्यात्मको त्रिबेणी बगाउनु पर्ने भन्दै भारत पछी अर्को गन्तव्य रहेकाे नेपालमा छिट्टै दिव्य आयुर्वेद फार्मेसीको स्थापना गरिने कुरा पनि बताउनु भयो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।