0 COMMENTS

प्रतिभा भट्टराई/भाद्र त असाेज महिनामा साना साना चक्र आकारमा सेतो रंगकाे फूल र सुन्तला रङको डाँठ भएर, साँझ पख कोपिला फक्रदै रातभरी घर आँगन मगमगाउँदो बनाएर फूली बिहान पख झर्ने अनि पूजाकोठा र मन्दिर सजाउन पुग्ने पारिजातको विरुवा घरमा हूने हरुका लागि , यो फुल्ने समय सारै आनन्द दायक रहन्छ। टिप्नु हुँदैन भन्ने मान्यता रहनु र टिप्नै नपर्ने गरी झर्नु याे फूलको विशेषता हो भने अन्य भूइँमा झरेको फूल भगवानलाई अर्पण गर्न नमिल्ने हुँदा पनी यो फूल भने भुइँमा झरेको भए पनि भगवानहरु लाई अर्पण हुनु यस फूलको अर्को राम्रो पक्ष हो।

कथा अनुसार, देवता र दानवले गरेका समुन्द्र मथन बाट उत्पती भएको मानिने पारिजात लाई इन्द्र ले स्वर्ग लगेका थिए। आफ्ना मन् परेका देवता हरु लाई इन्द्र यही फूल दिन्थे भने अप्सरा उर्वशी पनी नृत्य गरिसकेपछि यसै फुलको बृक्ष मुनि बसी थकान मेटाउने गर्थिन। छुँदा मात्र पनि थकान मेटिने र फुलेको समयमा मीठो सुगन्ध ले वरपर रहने हरुका समेत मस्तिष्क शान्त पार्ने, पात, डाँठ,फूल सबैमा औषधीय गुण रहेकाे, पबित्र, हरेक देवता हरु का प्रीय अनि मानिस हरुलाई पनि मोहित पार्ने पारिजातकाे फूल, महालक्ष्मी पूजा, पितृपक्ष र नवरात्रमा अर्पण गर्न सकिने गरी फुल्दछ।
स्वर्गमा रहेको यती पबित्र र गुणकारी फूल पृथिबी मा कस्ले ल्यायो भन्ने सम्बन्धमा, कतै श्री कृष्ण ले रुक्मिणी र सत्यभामाको अनुरोधमा ल्याएका, कतै पाँच पाण्डव हरुका अज्ञात बासको समयमा माता कुन्तिले भगवान शंकरको आरधना गर्न मगाउँदा अर्जुनले इन्द्र सँग मागेर ल्याएका र कतै भने भगवान श्री रामको परीक्षा गर्न हजार बर्ष सम्म ब्रत बसेका दुर्वासा ऋषि ले मनुस्य ले कहीले नदेखेको पवित्र फूलले भोलेनाथ को पूजा गर्ने इच्छा राखी दरवारमा पुगे पछि रामले इन्द्र लाइ चिट्ठी लेखी मगाएका कथा सुन्न पाइन्छ।
यसरी थुप्रै भगवान हरुको प्रीय फूल पारिजात को कथा भने कसैले तिरस्कार गरेका कारण दुःखान्त रहेकाे देखिन्छ। पारिजात एक राजपुत्री थिइन उनकाे सूर्य सँग अगाध प्रेम थियाे तर सूर्य ले भने उनलाई तिरस्कार गरे पछी प्रेमपिडा मा उनले आत्महत्या गरिन उनकाे दाह संस्कार गरियो र सोही खरानी बाट उत्पन्न भयो पारिजात को बिरुवा, त्यसैले चकमन्न रातमा रोए झैं लाग्ने गरी फूलेर आफुलाई धोका दिने सूर्य लाई पनि तिरस्कार गर्दै सूर्य उदाउनु पूर्व जमीनमा झर्छिन् रे पारिजात।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।