घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

2021-09-24   अर्थ

०८ आश्विन , २०७८ काठमाडौं/साताको कारोबारको अन्तिम दिन आज (शुक्रबार) सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंंघका अनुसार सुन आज तोलामा ६ सय रुपैयाँले घटेको हो । छापावाला सुन आज नेपाली बजारमा प्रतितोला ८९ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यता तेजावी सुन आज प्रतितोला ८८ हजार ५ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै चाँदी आज तोलामा ५ रुपैयाँले बढेर प्रतितोला ११ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।