0 COMMENTS

काठमाण्डाै २८असार०७८/ थेम्स थिएटर क्लब- टि.टि.सी “We Act Out” ले राष्ट्रिय तथा अन्तरास्ट्रिय सगभागिताको अपेक्षा सहित दोस्रो अनलाइन नाट्य मनोबाद प्रतियोगिता २.0 सुरु गरेको छ। गत वर्ष सफल रुपमा सम्पन्न भएको पहिलो नाट्य मनोबाद प्रतियोगिताले दिलाएको हौसला र उर्जालाई आत्मसाथ गर्दै COVID -19 द्वारा उत्पन्न यस विषम परिस्थितिले सुस्ताईरहेको नाट्य कार्यहरुमा हौसला मिल्ने र रंगकर्मी, फिल्मकर्मी कलाकार लगायत सम्पूर्णको समयको सदुपयोग हुने अपेक्षा सहित यो प्रतिगोगिता सुरु गरिएको हो भनेर क्लब कि संयोजक रक्षा थापाले बताउनु भयो ।
बिगत ५ वर्ष देखि थेम्स इन्टरनेसनल कलेज को एक Interest Based Club भएर यात्रा सुरु गरेको क्लबले थिएटर भिलेज नेपालसग को सहकार्यमा नाट्य कार्यशाला र नाटक मन्चन समेत गरिसकेको छ। रंगमंचको संस्कार र संस्कृतिको माध्यमबाट समाज रुपान्तरण भन्ने मूल उदेश्यका साथ् सन् २०१६मा स्थापना भएको क्लबले स्थापना कालदेखि अहिलेको अवस्था सम्म आइपुग्दा आफुलाई अरु सामू उभ्याउन सफल भएको छ। प्रतिगोगिता कि संयोजक अदिति खनालका अनुसार गतवर्षको प्रतियोगिताले कलाकार रंगकर्मीहरु सँग जोडिने मौका दिएकाले त्यसैलाई निरन्तरता दिन देश विदेशका कलाकार रंगकर्मी र नाटकलाई माया गर्ने सम्पूर्णलाई एकै ठाउँमा जोड्न-जोडिन दोस्रो मनोबाद प्रतियोगिता लिएर आएको जनाउनु भयो।

प्रेस रिलिज
COVID-19 को बिश्वब्यापी महामारी बाट उत्पन्न यस बिसम परिस्थिति मा रंगकर्म सग जोडिनु भएका सम्पूर्ण रंगकर्मी कलाकार हरुलाई एकै इस्थान मा जोड्न-जोडिन एबम उदयीमान कलाकार, रंगकर्मीहरुलाई नाट्य कार्यमा अभिप्रेरित गर्ने उदेश्यका साथ् बृहत सहभागिताको अपेक्षा सहित थेम्स थिएटर क्लब ले दोस्रो अनलाइन नाट्य मनोबाद प्रतियोगिता आयोजना गरेको छ। लकडाउनका कारण घरबाट बाहिर निस्कन नपाएका सम्पूर्ण को समय सदुपयोग गर्ने उद्देश्यसहित सुरु भएको यो प्रतियोगितामा १८ वर्ष माथि का जोकोही नेपाली तथा बिदेशीले पनि सहभागिता जनाउन सक्नेछन् । “Unleash Your Dramatic Colors” स्लोगन सहित आयोजना भएको प्रतियोगिता "Theatre Monologue Contest 2.0 को नाममा संचालन हुनेछ।

प्रतियोगीले पठाएको भिडियोमा कुनै व्यक्त्ति, जाति, वर्ग, लिङ्ग, धर्म तथा सम्प्रदायलाई ठेश पुग्ने तथा संबेदनशील बिषयबस्तुहरु समाबेश गर्न पाइने छैन। प्रतियोगीहरुबाट प्राप्त भएको भिडियोको आधारमा उत्कृष्ट तीन जना प्रतियोगीलाई हामीले पुरस्कारको व्यवस्था गरेका छौँ । जसअनुसार पहिलो हुने प्रतियोगीले २० हजार, दोस्रो हुने प्रतियोगीले १५ हजार र तेस्रो हुने प्रतियोगीले १० हजार रुपैंया प्राप्त गर्नेछन् ।

प्रतियोगिताको निर्णायक मण्डलीमा रंगकर्मी एबम फिल्मकर्मी विजय बराल, दिया मास्के र दिलिप रानाभाट हुनुहुन्छ। त्यस्तै प्रतियोगिताका उत्कृस्ट तिन प्रतियोगीलाई NUTS ABOUT NUTS को तर्फ़बाट रु ३००० बराबरको गिफ्ट ह्याम्पर्स, HEMPKOO को तर्फ़बाट उत्कृस्ट एक प्रतियोगीलाई गिफ्ट ह्याम्पर साथै सम्पूर्ण प्रतियोगीलाई १०% बराबरको डिस्काउन्न्ट कुपन, EVIVEZ को तर्फ़बाट सम्पूर्ण प्रतियोगीलाई १०% बराबरको डिस्काउन्न्ट कुपन साथै FQ3 FOOD को तर्फ़बाट उत्कृस्ट एक प्रतियोगीलाई रु १००० बराबरको फूड कुपन प्रदान गरिनेछ।
थेम्स थिएटर क्लब मुख्य आयोजक रहेको यो प्रतियोगितामा थेम्स इन्टरनेसनल कलेज मुख्य प्रायोजक एबम सहआयोजक रहेको छ भने प्रतियोगितालाई Nuts About Nuts, HEMPKOO, EVIVEZ र FQ3 FOOD को सहयोग रहनेछ ।

प्रतियोगिता सम्बन्धी विस्तृत जानकारी यहाँहरुले +९७७-९८४२१५०९४८ मा फोन गरेर पनि लिन
सक्नुहुनेछ । प्रतियोगिताका नियम तथा मापदण्डहरु यसप्रकार छन्:
१. प्रतियोगितामा देश विदेशका प्रतियोगीले भाग लिन पाउने छन्
२. प्रतियोगी १८ वर्ष भन्दा माथिको उमेरको हुनुपर्ने छ
३. प्रतियोगिताको आबेदन दस्तुर नेपाली प्रतियोगीको लागि रु १०० र बिदेशी प्रतियोगीको लागि ५$ रहेको
छ। प्रतियोगीले सो रकम थेम्स थिएटर क्लब को ESEWA नम्बर ९८४२१५०९४८ तथा PAYPAL ID:
[email protected] मा ट्रान्सफर गर्नु पर्ने छ
४. भिडियोको समयावधी २ मिनेट को रहनेछ
५. जुनसुकै भाषाको भिडियो पनि लिइने छ तर नेपाली अंग्रेजी र हिन्दि भाषा बाहेकका अन्य प्रतियोगीले
सबटाईटल भने अवस्य राख्नुपर्ने छ
६. टीकटकमा बनाइएका भिडियो लाई मान्यता दिइने छैन
७. भिडियोको भिजुअल र अडियो मज्जाले हेर्न र सुन्न सकिने हुनुपर्ने छ। भिडियो सिंगल शटमा खिचेको हुनु पर्ने
छ। ब्याकग्राउंड म्युजीक र भ्वाइश ओभर भने प्रयोग गर्न पाइने छ
८. भिडियो +९७७-९८६२१२९४३० नम्बर मा रहेको मा पठाउनु पर्ने छ
९. भिडियो पठाउदा प्रतियोगीले आफ्नो नाम, ठेगाना, र रकम ट्रान्सफर गरेको स्लिपको फोटो अनिबार्य
पठाउनु पर्ने छ
१०. भिडियो बुझाउने अन्तिम मिति 31 July, 2021 रहेको छ
११. प्रतियोगितामा टाइ को अवस्था सिर्जना भएमा बिजेता घोसणा गर्ने अधिकार थेम्स थिएटर क्लब र थेम्स
इन्टरनेसनल कलेजसँग रहने छ
१२. भिडियोलाई थेम्स थिएटर क्लबको Instagram Page मा पोस्ट गर्ने अधिकार थेम्स थिएटर क्लब र
थेम्स इन्टरनेसनल कलेजसँग रहने छ
१३. यो प्रतियोगिता Instagram: @thamestheatreclub @thamescollegekathmandu र
Facebook Page: Thames Theatre Club, Thames International मा चल्ने छ
१४. सर्तहरु लागु हुनेछन्।
Contact us:
Email: [email protected] Instagram: @thamestheatreclub
Facebook: Thames Theatre Club Via Call: +977-9842150948
रक्षा थापा अदिति खनाल
संयोजक प्रतियोगिता संयोजक
थेम्स थिएटर क्लब थेम्स थिएटर क्लब

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।