0 COMMENTS

 काठमाण्डाै१९जेष्ठ०७८/ “राज संस्था सहितको हिन्दु अधिराज्य पुनःस्थापना” का लागि लामो समयदेखि संघर्षरत जनतान्त्रिक तराई मुक्ति मोर्चाले उक्त आन्दोलनलाई निर्णायक बनाउन देशव्यापी रुपमा संचालन गरेको “नागरिक संवाद अभियान” प्रभावकारी देखिएको छ । प्रदेश नं २ का सबै जिल्लाहरुमा आफ्नो संगठन विस्तार गरिसकेको मोर्चाले अब आफ्नो संगठन स्थानीय स्तरसम्म विस्तार गर्नुको साथै आफ्नो वर्गीय एवं भातृ-संगठनकाे जिल्ला स्तर र स्थानीय स्तरसम्म तीब्र स्थरले विस्तार गरिरहेको  संगठनका एक सदस्यले बताए । प्रदेश नं २ को लगभग सबै स्थानीय तह र वडा सम्म मोर्चाको मुल कमिटी र वर्गीय एवं भातृ संगठन विस्तारलाई तिब्रता दिएको मोर्चाले “जनतान्त्रिक युवा संघ” को प्रदेश नं २ को प्रभारी/ईन्चार्जमा सिरहा जिल्ला नवराजपुर -१ का ईन्जिनियर जिबछ यादवलाई मनोनीत गरेको छ । आजै जनतान्त्रिक तराई मुक्ति मोर्चाका राष्ट्रिय अध्यक्ष एवं राष्ट्रिय नागरिक आन्दोलन तथा राष्ट्र बचाउ अभियानका राष्ट्रिय संयोजक समेत रहनुभएका डा. मनोज मुक्ति “विवेक” (डा. मनोज कुमार झा) ले एक प्रेस वक्तव्य जारी गर्दै उक्त कुरा सार्वजनिक गरेका छन् । प्रेस वक्तव्यमा भनिएको छ,

आदरणीय मुक्ति कामी जनसमुदाय एवं संचारकर्मी मित्रहरु,

हाम्रो महान क्रान्तिकारी जनतन्त्रवादी मोर्चा “जनतान्त्रिक तराई मुक्ति मोर्चा” को अगुवाइ एवं राष्ट्रिय नागरिक आन्दोलन तथा राष्ट्र बचाउ अभियानको सक्रिय सहकार्यमा हामी विगत लामो समयदेखि सडक संघर्षरत रहेको तथ्य सर्वविदित नै छ । दसकौं देखिको देशमा ब्याप्त सबैखाले बेथिति, अराजकता, कु-शासन, अब्यवस्था, लूट-खसोट, राज्य आतंक, विभिन्न प्रकारले बढ्दै गरेको उदाङ्गो वैदेशिक हस्तक्षेपका विरुद्ध एवं “राज-संस्था सहितको हिन्दु अधिराज्य पुनःस्थापना” हेतुँ जारी “राष्ट्रवादी आन्दोलन” लाई निर्णायक बनाउन हाम्रै नेतृत्वमा देशव्यापी रुपमा संचालन गरिएको “नागरिक संवाद अभियान” मा आम देशभक्त राष्ट्रवादी जनतन्त्र-प्रेमी नेपाली जनसमुदाय उल्लेख्य रुपमा गोलबन्द हुँदैगएको यहाँहरु सबैलाई अवगत नै छ ।

यसैक्रममा जनतान्त्रिक तराई मुक्ति मोर्चाका केन्द्रिय सदस्य एवं सिरहा जिल्ला ईन्चार्ज/प्रभारी श्री बुलन यादव ज्युले मिति २०७८/०२/१८ गते मंगलबारका दिन मोर्चाको सचिवालयमा निर्णयार्थ सिफारिस गरि पठाएको केही सांगठनिक प्रस्तावहरुलाई सदर गरि निम्नलिखित जिम्मेवारी तोकिएको ब्यहोरा सबैमा जानकारी गराउँदछौं । साथै सबैलाई “जनतान्त्रिक परिवारमा स्वागत साथ हार्दिक बधाई एवं सफल कार्यकालको शुभकामना पनि व्यक्त गर्दछु” ।

तोकिएका जिम्मेवारीहरु :-

१) जिल्ला सिरहा नवराजपुर -१ निवासी, ईन्जिनियर श्री जिबछ यादव ज्यु लाई प्रदेश नं २ को “जनतान्त्रिक युवा संघ” को प्रदेश प्रभारी/ ईन्चार्ज मनोनीत गरिएको छ ।

२) “जनतान्त्रिक युवा संघ” सिरहा जिल्ला नवराजपुर गाउँपालिका कमिटीको अध्यक्ष मा श्री पशुपति यादव लाई मनोनीत गरिनुको साथै श्री रामबाबु शर्मा, लोचन राम, चन्दन कुमार महतो, इन्द्र कुमार महतो, कारी महतो, कैलाश महतो, कमल यादव, प्रमोद महतो, राम उदगार महतो, दिपेश कुमार यादव, हरे राम यादव, अमरेश कुमार यादव, देव कुमार यादव, जिवछ कुमार यादव, घनश्याम यादव, मनिश कुमार यादव, बिबेक यादव, दिपक कुमार यादव, कमलेश कुमार यादव, रामनारायण शर्मा सदस्य रहनेगरी २१ सदस्य जनतान्त्रिक युवा संघ, नवराजपुर गाउँपालिका कमिटी गठन गरिनुको साथसाथै गाउँपालिका कमिटी सदस्यहरुको अध्यक्षतामा २५-२५ सदस्य जनतान्त्रिक युवा संघको वाड कमिटी पनि गठन गरिएको जानकारी गराउँदछौं ।

३) सिरहा जिल्ला नवराजपुर-३ निवासी श्री आनन्द राम ज्यु लाई “जनतान्त्रिक युवा संघ” जिल्ला कमिटी सदस्यमा मनोनीत गरिएको छ ।

जय जनतान्त्रिक ।। जय जनतन्त्र ।। जय क्रान्ति ।। 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।