0 COMMENTS

काठमाडौं २४चैत्र०७७/नेपाली समुदायमा विभाजन र जातीय भड्काउ सिर्जना गर्नका लागि इसाई धर्मका नामबाट खुलेका संस्थाहरू खुलेआम लागेको रहस्य पर्दाफास भएको छ।

नेपालका ब्राम्हण र क्षेत्री समुदायलाई विभाजनतर्फ धकेल्ने गरी योजनाबद्ध रुपमा ती समूहले काम गरिरहेको रहस्य उद्घाटित भएको हो।

नेपाल राष्ट्र मण्डली सङ्गति र नेपाल ख्रीष्टियन समाजका नामबाट जारी भएको विज्ञप्तिमा नेपाली सनातन धर्म मास्नका लागि गरिएको षडयन्त्रको प्रष्ट व्याख्या गरिएको छ।

नेपाल राष्ट्रिय मण्डली सङ्गतिका महासचिव शेरबहादुर एसी र नेपाल ख्रीष्टियन समाजका महासचिव डिल्लीराम पौडेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘अन्तर्राष्ट्रियस्तरका ख्रीष्टियन संस्थाको विशेष बैठकले ब्राह्मण समुदायलाई आर्य–हिन्दू र क्षेत्री समुदायलाई खस–मष्टो बनाएर विभाजन गर्ने रणनीतिअनुसार मिसन अगाडि बढेको सहर्ष जानकारी गरिन्छ।’

बाह्मण तथा क्षेत्री समुदायलाई नटुक्र्याएसम्म धर्मान्तर गर्न कठिन हुने हुँदा यस पटकको जनगणनामा सम्पूर्ण ब्राम्हण तथा क्षेत्री समुदायका ख्रीष्टियनहरूले आफ्नो घरमा आउने गणकहरूलाई जातिमा खस र धर्ममा मष्ट लेख्न लेखाउन आफ्नो चर्चभित्रका विश्वासीलाई जानकारी गर्न अपिल पनि विज्ञप्तिमार्फत् गरिएको छ। ‘यस कार्यमा अझ होसियारीपूर्वक निरन्तर लागिरहन समेत हार्दिक अनुरोध गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ।

विज्ञप्तिमा राष्ट्रिय मण्डली सङ्गति र नेपाल ख्रीष्टियन समाजको संयुक्त मिसनले नेपालमा आफ्नो अभियान तीव्र पारेको पनि उल्लेख गरिएको छ। अन्तर्राष्ट्रिय ख्रीष्टियन संस्था युनाइटेड मिसनको सक्रिय भूमिका र सहयोग रहेको उल्लेख गरिएको छ।

‘युनाइटेड मिसनको कूटनीतिक पहलबाट विश्व मष्ट महासंघ गठन भएको छ, नेपालको संविधानमा खसआर्य एकै हुन् भनी कानूनमा समेट्नु ख्रीष्टियन जगतका लागि दुःखद् कुरा हो,’ विज्ञप्तिमा भनिएको छ, ‘यस्तो विषम् परिस्थितिमा धर्मान्तर गर्न कठिन हुने देखिन्छ।’

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।