सुनको मूल्यमा वृद्धि, कतिमा भइरहेको छ कारोबार ?

2021-03-18   अर्थ

काठमाडौँ ५ चैत्र २०७७,- नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ ।आज ‍पनि छापावाला सुन प्रतितोला ८७ हजार २०० रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै तेजाबी सुन आज ८६ हजार ७५० रूपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।यो मूल्य बुधबारको तुलनामा ३०० रूपैयाँले बढेको हो ।चाँदीको मूल्य आज तोलामा २० रूपैयाँले बढेको छ । चाँदी आज प्रतितोला १२९० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।