0 COMMENTS

प्रतिभा भट्टराई,काठमाण्डाै २५फागुन ०७७/  महिलाको सुरक्षा,सम्मान र रोजगार, संमृद्ध नेपालको आधार भन्ने, राष्ट्रिय नारा लिएर तारकेश्वर नगरपालिकाले, ८मार्च मा मनाइने अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस,नगपालिकाका ११वटै वडाका विभिन्न पदमा रहेका महिला दिदी बहिनीहरु लाई समेटेर उनीहरूको प्रतिभा प्रस्तुत गर्ने उद्देश्यले गीत प्रतियोगिता तथा अन्तरक्रिया कार्यक्रम गरी सम्पन्न गर्यो।

प्रमुख अतिथि जिल्ला समन्वय समितिका उपसभापति सरिता दाहाल र सभाध्यक्ष नगर उपप्रमुख भवानी डोटेल धिताल रहनु भएको सो कार्यक्रम नगरपालिकाको ११नं वडा मा पर्ने नेपालटार स्थित कान्तिपुर पार्टी प्यालेस मा भएको थियो।

अन्तरक्रिया कार्यक्रम मा वरिष्ठ अधिवक्ता बिष्णु बस्याल ले २०३३सालबाट महिलाले विवाह गरे पछी माइतीको सम्पतिमा हक नलाग्ने भएका कारण माहिला लाई कि श्रीमान कि सम्पति रोज्नु पर्ने स्थिति थियो भने हाल आएर महिलाकाे दुबै मा हक लाग्ने नियम बनी सकेकाले यसको सहज ढंग बाट व्यवहारमा लागु गर्नका लागी उचित वातावरण बनाउनु पर्ने कुरा बताउनु भयो भने अन्य विशिष्ट व्यक्तित्व हरूले पनि नारीले आमा र हजुरआमाले सिकाएका संस्कार हरुलाई पछ्याउँदै र संविधानले दिएको हक ,हित र अधिकारको लागी आइपरेका बाधा हरु लाई पन्छाउँदै अघी बढ्नु पर्ने कुरा बताउनु भयो।

महिला दिदी बहिनी हरुको एकल प्रस्तुति पनि रहेकाे उक्त कार्यक्रम मा प्रतियोगितामा सामेल भएका मध्ये वडा नं ५ले प्रथम स्थान, वडा नं ४ले द्वितीय स्थान र वडा नं ८ले तृतीय स्थान हासिल गरेका थिए।न्यूयोर्कबाट सन् १९१०बाट मनाउन शुरु गरिएको महिला दिवस नेपालमा पनि २०१६बाट मनाउन थालिएको हो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।