0 COMMENTS
702795_1040835749291251_759391726_n
कमलराज श्रेष्ठ केन्द्रीय सह–संयोजक नयाँ शक्ति नेपाल

‘देशमा शान्ति, निकास, विकास र सूविचार’ भन्ने नाराका साथ नयाँ शक्ति नेपाल पछिल्लो समय आफ्ना विभिन्न कार्यक्रमका साथ केही नौलो ढंगले प्रस्तुत भईरहेको सन्दर्भमा । दोलखा जिल्लामा जन्मिएर फरक शैलिको शक्तिको परिकल्पना गरी उक्त शक्तिमार्फत् राष्ट्र निर्माण गर्ने सोँचका साथ अगाडी बढेका नयाँ शक्ति नेपालका  नेपाल संयोजक कमलराज श्रेष्ठसँग  नयाँ शक्ति नेपाल के हो, यसको जन्म किन र केका लागि लगायतका विषयमा केन्द्रित रहेर गरेको कुराकानीको अंश

नयाँ शक्ति नेपाल भनेको के हो ?
नयाँ शक्ति नेपाल यो एउटा छुट्टै शक्ति हो । कुन अर्थमा भने यसले देशको राजनीतिक शक्तिहरुको रबैयाप्रति वाक्क भएर स्वदेशी एवं प्रवासी नेपालीहरुले जन्माएको संस्थाको रुपमा यो संस्थालाई चिनाउन चाहन्छु । यो एउटा समाजिक संस्था हो । यसको जन्म ०७१ साल फागुन ४ गते घनश्याम चौँलागाईको संयोजकत्वमा भएको हो ।
यो संस्था स्थापनाको उद्देश्य के के हुन् त ?
००७ साल देखि जसरी नेपालमा विभिन्न राजनैतिक शक्तिहरु देशको मुहार फेर्छु भन्दै जन्मिए तर जनताले कहिल्यै मुहार फेर्न पाएनन् । यो देशमा साना–ठूला गरी १ सय ५० दलहरु रहेको पाइन्छ तर कोही राष्ट्रवादी भएको पाइएन् । यो भनेको अहिलेको राजनैतिक शक्ति र नेतृत्वकर्मी असक्षम रहेको प्रष्ट हुन्छ । यसर्थ परिवर्तनका बाधक पनि यिनै राजनैतिक शक्ति रहेको निचोड निकाल्दै अव यो देशमा राजनैतिक शक्तिको आवश्यकता नरहेको हामिले ठान्यौँ । देशमा पञ्चायत गयो, बहुदल आयो त्यसपश्चात गणतन्त्र आई भर्खरै संविधान आयो तर जनताको मुहारमा खुशि देखिएन । स्वदेशमा राजनीतिक अस्थिरता रहिरहँदा स्वदेशमै रहेर केही गर्न चाहने नेपालीहरु विदेश पलायन हुनुपरेको छ । विदेश पलायन भएका साथीहरुमा पनि राष्ट्रबाद छ । उहाँहरुले पनि यो राजनैतिक दलको रबैया ठीक नमानेर अब हामिले नेतृत्व गर्नुपछ, अब परिवर्तन आफैबाट सुरुवात गर्नुपर्छ भनेर एउटा शक्तिको खाँचो देख्नुभयो त्यसपश्यात नयाँ शक्ति नेपाल शान्ती, निकास र विकासका निम्ति जन्मिएका हौँ । यो शक्ति राजनैतिक गर्ने शक्तिको रुपमा उदय भएको होईन, यो त केवल राजनैतिक दलको गलत प्रवृत्तिको विरोध गरि देशमा विकास र निकास दिन जन्मिएको हो । यो शक्ति प्रयोगात्मक ढंगले चल्नेछ । विगतमा जतिपनि शक्तिहरु आए तिनिहरु सिद्धान्तमा अडिग रहेर आए । तर ति टिक्न सकेन् अव अरुको सिद्धान्तमा नभई नेपाली जनताले नेपाली माटोलाई सुहाउँने सिद्धान्त जन्माउनेछन् र हामी त्यही सिद्धान्तमा टेकेर अघि बढ्नेछौँ । हामी जनतालाई सपना बाढ्ने पक्षमा छैनउ हामी केवल काम गरेर देखाउन चाहान्छौँ । यो अभियान सुरु भैईसकेको छ यस अभियानमा धेरै साथिहरुको साथ पनि छ ।

सिद्धान्त विनै जनतामाझ जाने कुरा गर्नुभो के लक्ष्यबिनै हिँड्दा बाटोमै अलमलिँदै न ?
त्यस्तो होईन, हामी लक्ष्य लिएर हिडेका छौँ । हाम्रो लक्ष्य भनेको जनताको सुख, दुखमा सँगै हिँड्ने हो । हामी सोही अनुरुपका कार्यक्रमहरु चलाइरहेका छौं र भोलीको दिनमा पनि चलाउनेनै छाँै । जस्तो विभिन्न दैविक प्रकोपहरुमा हामि जनतामाझ नै पुगेका हुन्छौँ त्यस्तै भोलीको दिनमा संख्यात्मक रुपमा पर्याप्त हुदाँसाथ हामि अन्य सामाजिक कार्यक्रम लिएर जनतामाझ जानेछौं ।
हामी हत्या, हिंसा, विद्रोह गर्ने होईनौँ की शान्ति, निकास र विकासको माध्यमबाट जनताको मुहारमा खुसि ल्याउनुपर्छ भन्ने मान्यता राख्छौँ । कीनकि अव शान्ति, निकास र विकासको कुरा गर्नुछ । यो देश धेरै समय अनिर्णयको बन्दी बन्न सक्दैन तसर्थ यो अभियान फेसबुक बाट चलाएका थियौं । अहिले हामी संस्थागत भैसकेका छौंँ । अव हामी विस्तारै राजधानीमै केन्द्रिय कार्यालय स्थापनाका साथसाथै देशभर शाखा विस्तारको चरणमा छौं ।

संस्था अघि बढाउन आर्थिक श्रोतलाई कसरी व्यवस्थापन गरिरहनु भएको छ ?
अहिलेसम्म आर्थिक स्रोत भनेको स्वदेश र विदेशमा रहेका नेपालीहरुले गर्नुभएको सहयोग नै हो । हामी जनतालाई धम्काएर, उद्योगिलाई तर्साएर चन्दा असुली गर्ने शक्ति होईनौँ । हामी केवल जनताको माया र उहाँहरुकै खातिर काम गर्न जन्मिएको संस्था भएकाले आम जनताको सहयोगबाट आर्थिक पाटोलाई चलाईरहेका छौँ भने भोलीको दिनमा पनि यहि नै आधारशिला हुनेछ ।

तपाईहरुले यो संस्था चलाईरहँदा तपाइँहरुकै जस्तो नाम मिल्ने डा. बाबुराम भट्टराईले नयाँ शक्ति जन्माउनुभएको छ । यसले त तपाईहरुको शक्ति ओझेलमापर्दैछ भन्ने पनि सुनिन्छ नि ?
अत्यान्तै महत्वपूर्ण प्रश्न गर्नु भो ।हेर्नुस सुर्यलाइ हत्केलाले ढाक्छु भन्नु दिउसै सपना देखे जस्ताे हाे किनभने नयाशक्ती नेपाल कुनै कुराका खेती गरेर राजनिनिती गर्दै जनतालाई भ्रमको सपना बाँड्नेहरुले स्थापना गरेको होइन नयाशक्ती नेपाल त प्रवास र स्वदेशका सचेत गरिखाने युवाहरुले देशमा शान्ती,निकास,विकास र विचारका लागि चलाइएको सामाजिक अभियान हो तर आजकल नयाँ शक्ति भन्नासाथ बाबुराम भन्ने अाम जनताले शंका पैदा गर्ने काम त भएको छ । तर, उहाँको भन्दा पहिला यानेकि २०७१ फागून ४ गते घनश्याम चौलागाईको संयोजकत्वमा यो हाम्राे नयाँ शक्ति नेपाल जन्मिएको हो । यद्यपी संचारमाध्यमको प्रचारले गर्दा उहाँको नयाँ शक्ति हाम्रो भन्दा बढि प्रचारमा आएको पाएको छु । विशेषतः उहाँको नयाँ शक्ति भनेको २००७ साल देखि जसरी राजनैतिक पार्टिहरुको जन्म भयो त्यही शृंखलाको एउटा क्रम हो भन्ने शक्तिको रुपमा हामि लिन्छौं । उहाँको नितान्त राजनीतिक पार्टी हो तर हामी सामाजिक शक्ति भएकाले उहाँ बजारमा आउँदैमा हामिलाई कुनै फरक पदैन ।

तपाईहरुको नयाँ शक्ति नेपाल कालान्तरमा गएर मर्ज हुने कुरा नि सुनिन्छ नि ?
होईन्, त्यस्तो हुँदैन । कीनकि म पुनः दोहोर्याउन चाहान्छु हामि राजनीति गर्ने राजनैतिक शक्ति होईनौँ तसर्थ सामाजिक क्रियाकलाप मार्फत जनताको घरदैलेमा पुग्ने शक्ति भएकाले हामि कालान्तरमा गएर मर्ज हुने सम्भावना छैन, यसो गर्नु भनेको जनतालाई धोका दिनु हो । यसमा पनि प्रष्ट हुन जरुरी छ कि उहाँहरुसँग हाम्रो वैचारिक र सैद्धान्तिक कुरा नै नमिल्ने भएकाले यस्ता भ्रमक कुराको पछि नलाग्न आम जनमानसमा म सचेतना फैलाउन चाहन्छु ।

आखिर राजनैतिक गरेपनि जनतको सेवा नै गर्नु हो तपाईहरुको उद्देश्य पनि जनताको सेवाम नै समर्पित देखियो आखिर तपाईको शक्ति र राजनैतिक शक्तिमा के छ भिन्नता र ?
नितान्तै फरक छ । यो कुरामा कोही भ्रम नपर्दा हुन्छ । किनकि हामि राजनीतिक दलको अवधारणा लिएर जन्मिएका शक्ति होइनौँ । राजनैतिक दलहरुमा जनतालाई मागि खाने भाडोँको रुपमा प्रयोग गरिएको छ भने हामि त्यसो गदैनौं । यहाँ राजनतिमा लागेकाहरु राजनैतिलाई पेशा बनाएका छन् तर हामी राजनितिलाई पेशा बनाउनुहुन्न भन्ने पक्षका अभियन्ता हौं।
हामि त केवल जनतामुखी कार्यक्रम जनतामाझ लगि यो देशको राज्य शासकलाई खवदारी र सचेत गर्नेमात्र काम गर्छौँ । हामी निस्वार्थ रुपमा समाजसेवा गर्नको निम्ति यो संस्था स्थापित गरेका होऔँ । हामि सवै व्यवसायी साथीहरु छौँ । यसर्थ हामी यो संस्थालाई मागि खाने भाडोँको रुपमा प्रयोग गर्न चाहादैनौँ ।

यो संस्था जन्मिएपछि के कस्ता कामहरु गर्यो त ?
यो संस्था जन्मिएपछि त पहिला सदस्यता विस्तारलाई जोड दियो किनकि हरेक क्रियाकलाप गर्नमा जनशक्तिको अवश्यकता पर्ने भएकाले यो कार्यलाई मुल रुपमा अघि बढायौं । दोस्रो भनेको देशमा विनासकारी भूकम्प गयो त्यसमा हामिले सामाजिक उतरदायित्व अनुरुप हामिले राहत वितरणलाई पुर्याउने कोसिस गर्यौं । हामि राज्य नपुगेका ठाउँमा पुगेर हामि ५,७ लाखको राहत वितरण गर्यौं । त्यसपश्यात युवा देशको शक्ति हो र युवाको आकर्षण खेलकुद क्षेत्रलाई मध्यनजरमा राख्दै सुदुरपश्चिमको गुजुरे कँराते संघलाई आर्थिक सहयोग गरी अन्तर्राट्रिय सातौं कँराते खुल्ला प्रतियोगिता धनगढिमा सम्पन्न गर्यौं । त्यहाँ हाम्रो ८ लाख सहयोग थियो । त्यसपश्यात नाकाबन्दीले इन्धन अभाव भएको बेला दउरा वितरण गर्यौं । केही दिन अघि राजधानीको कपनमा दाउरा वितरण गर्यौं । जहाँ अपाङ्, अशक्त बढि
लाभान्वितभए।

अव कति दिन विदेशमा पसिना बगाएर कमाएको प्रवासिहरुले पठाएको रकमले तपाईँहरुको संस्था चल्ला त ?
सधैँभर उहाँहरुले सहयोग गर्नुपर्ने छैन । हामी सवै व्यवसायीक साथीहरु छौं । तसर्थ सधैँभर यो संस्था प्रवासिहरुको सहयोगले मात्र चल्ने आवस्था आउने छैन । भोलीको दिनमा उहाँहरुले पैसा पठाउन नपरोस भनेर हामी सोही अनुरुपको रणनीति नि तयार गर्दैछौं ।
बरु बेरोजगार नेपालीलाई यो संस्थाले स्वोरोजगार सिर्जना गर्ने माहोल ल्याउने छ । तत्कालको सोच भनेको हामी बिबिध सामुहिक ब्यवसाय निर्माण गरि आम जनताका माझ रोजगार र आत्मनिर्भरताको सकेको कार्यक्रम बनाउने सोच बनाएका छौं । जसले सामुहिक व्यवसायलाई जोड दिनेछ ।

आर्थिक पारदर्शी कसरी गरेको छ संस्थाले ?
आजसम्म जे देखियो धेरै क्षेत्रहरुकम आर्थिक पारदर्शिता नहुँदा धेरै

धेरै समस्या उत्पन्न भएको छ । त्यसका निम्ति हामिले प्रविधिले दिएको अत्याधुनिक सेवालाई प्रयोग गर्दै हाम्रो कारोबारलाई वेभमा लैजाने तयारी गर्ने सोचमा छौँ । अवको दिनमा यो कामले पनि पूर्णता पाउने छ ।

अन्त्यमा …?
यो संस्था सामाजिक संस्था हो ।  फागुन ४ गते यो संस्थाको हामी बार्षिक उत्सव मनाउँदैछौँ । विश्वको ५० देशमा यो संस्था फैलिएको छ । नेपालको ७३ जिल्लामा हामि जिल्ला कार्य समिति गठन गर्ने चरणमा छौँ । क्रमिक रुपमा प्रत्यक्ष रुपमा जनतालाई साथ दिने खालको कार्यक्रम ल्याउनेछौँ । र हाल नयाशक्ती नेपालको तिब्र प्रगती देखि विभिन्न शक्तिहरु नयाशक्ती नेपालको संरचना भत्काउन भड्काउन हात धोएर पछि लागेका छन यसर्थ पनि संसारभरी छरिएर बस्नु भएका नयाशक्ती नेपालका अभियन्ता ज्यूहरुलाई विश्वास, धैर्यता र इमान्दारिताकासाथ चनाखो भैदिन हुन अनुरोध पनि गर्दछु।
धन्यबाद ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।