महिला लघुवित्तको आइपीओ आजदेखि बाँडफाँट हुने

2021-02-26   अर्थ

काठमाडौँ १४ फाल्गुन २०७७,– महिला लघुवित्तले सर्वसाधारणमा बिक्री गरेको आइपीओ आज बिहान बाँडफाँट हुने भएको छ।बिक्री प्रबन्धक एसबीआई मर्चेण्ट बैंकिङका अनुसार लघुवित्तको आइपीओ आज बिहान ८ बजे बाँडफाँट गरिँदै छ ।

लघुवित्तको आइपीओमा हालसम्मकै उच्च संख्यामा आवेदन परेको छ । १५ लाख ४० हजार ४८ जनाले २ करोड ३४ लाख ३३ हजार ७ सय ७० कित्ता अर्थात् २ अर्ब ४६ करोड ६६ लाख १७ हजार रुपैयाँ बराबरको आवेदन परेको छ ।

यो आइपीओमा सर्वसाधारणलाई बिक्री गरिएको ३ लाख ७५ हजार कित्तालाई आधार मान्दा ३७ हजार ५ सय जना आवेदकले १० कित्ताका दरले सेयर हात पार्ने देखिएको छ । १५ लाख भन्दा धेरै जना भने आइपीओ पाउनबाट बञ्चित हुनेछन् ।

मागभन्दा अत्याधिक आवेदन परेकाले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिकाअनुसार न्युनतम १० कित्ताका दरले ३७ हजार ५०० जनाले मात्रै सेयर पाउनेछन् ।

महिला लघुवित्तले माघ ३० गतेदेखि सर्वसाधारणका लागि निष्काशन तथा बिक्री खुला गरेको आइपीयोमा फागुन ५ गतेसम्म आवेदन खुला गरिएको थियो ।