ब्याडमिन्टनमा सर्वाधिक पुरस्कार रासीको प्रतियोगिता हुदै

2021-02-10   खेलकुद

काठमाण्डाै२८माघ०७७/ चितवनमा जारी प्रथम प्रधानमन्त्री कप राष्ट्रब्यापी ब्याडमिन्टन प्रतियोगिता २०७७ ब्याडमिन्टन ईतिहासमानै सर्वाधिक पुरस्कार रासीको प्रतियोगिता रहेको छ । महिला तथा पुरुष एकल स्पर्धाका बिजेता खेलाडीहरुले नगद १ लाख १५ हजार प्राप्त गर्नेछन् । यस्तै दोश्रोले ५५ हजार र तेश्रो हुने दुईले १५ । १५ हजारका दरले प्राप्त गर्नेछन् ।
करिव ४० लाख लागत रहेको प्रतियोगितामा राष्ट्रिय बरियताका २० भित्रका खेलाडी विचको युगल प्रतिस्पर्धामा बिजयी खेलाडीहरुले नगद ६० हजार, दोश्रोले ३० हजार र तेश्रोले ८ । ८ हजार प्राप्त गरेको छ । बरियतामा २० देखि बाहेकका बिजयी खेलाडीहरुले ५० हजार, दोश्रोले २७ हजार र तेश्रोले ७ । ७ हजार प्राप्त गर्नेछन् । यु–१७ छात्र तथा छात्रा भेट्रान्स ४५ र ५५ का बिजयी खेलाडीहरुले नगद ३० हजार प्राप्त गर्नेछन् । उपबिजयी खेलाडीहरुले १५ हजार र तेश्रो हुनेले ७ । ७ हजार प्राप्त गर्नेछन् ।
अन्य स्पर्धाका बिजयी खेलाडीहरुले स्पर्धा अनुसारको ६० हजार देखि ३० हजार सम्मको पुरस्कार रासी प्राप्त गर्ने आयोजकले जनाएका छन् ।