0 COMMENTS

 प्रतिभा भट्टराई, काठमाण्डाै १० माघ २०७७,हिड्स नेपाल नामक सामाजीक सस्थाले  आफ्नाे  प्रथम वार्षिक साधारण सभा को अवसर पारेर स्वास्थ्य, शिक्षा, वातावरण तथा कृषि विकास समाज (हिड्स) नेपाल ले दोस्रो रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। तारकेश्वर नगरपालिका वडा नं ५ बोहोराटारमा आयोजना गरिएको उक्त कार्यक्रम मा जन समुदायको राम्रो उपस्थिति र रहर हुँदा हुँदै पनि विभिन्न स्वास्थ्य समस्याका कारण धेरै व्यक्ति हरु रक्तदान गर्नअसमर्थ भएका थिए भने ४५जना स्वस्थ व्यक्ति हरुले रक्त दान गरेका थिए।
दानको अत्यधिक महत्त्व रहेको नेपाली समाजमा रक्त दान गर्न मन् भएका हरू पनि कम् उमेरमै विभिन्न प्रकारका औषधि हरुको सेवन गर्नु पर्ने वाध्यताका कारण असमर्थ भएका थिए। यस्ता मानिसहरूको संख्या मा वृद्धि भए सँगै रक्त दान गर्न मिल्ने स्वस्थ शरीरको कमी हुन पुगेको देखिन्छ।

बनाउन अनि फलाउन नसकिने रगत काे उत्पादन स्वस्थ शरीर ले मात्र गर्न सक्ने र एउटा स्वस्थ ब्यक्ति ले नै अर्को अस्वस्थ व्यक्तिको अनमोल जीवन बचाउन मद्दत गर्न सक्ने हुनाले रगतको अभावमा जो कसैले पनि दुःख भोग्नु नपरोस भन्ने चाहना ले आयोजना गरिएको उक्त कार्यक्रम मा ४५पिन्ट रगत सङ्कलन गरिएको थियो।
तारकेश्वर नगरपालिका की उप प्रमुख भवानी डोटेल (धिताल) प्रमुख अतिथि रहनु भएको याे कार्यक्रम केहीअन्य सहयोगी मनहरुको सहयाेग बाट सम्पन्न भएको थियो।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।