सुनको मूल्य बढ्यो

2021-01-15   अर्थ

काठमाडौं, माघ २  बिहीबारको तुलनामा शुक्रबार सुन तोलामा ४ सय रूपैयाँले बढेको छ।बिहीबार सुनको मूल्य प्रतितोला ९२ हजार १ सय थियो भने शुक्रबार ९२ हजार ५ सयमा कारोबार भएको नेपाल सुन चाँदी व्वसायी महासंघले जनाएको छ।

आज चाँदीको मूल्य पनि सामान्य बढेको छ।बिहीबार प्रतितोला १२ सय ४५ रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार १२ सय ६० रूपैयाँमा कारोबार भइरहेको छ। यो अघिल्लो दिनको तुलनमा १५ रूपैयाँले बढी हो।अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १८ सय ४९ अमेरिकी डलर कायम छ।