उदयपुरमा लागूऔषधको कारोबार बढ्यो, ल्याउने तरिका देखेर प्रहरी नै चकित

2020-12-29   अपराध

उदयपुर१४पौष २०७७/ उदयपुरमा लागूऔषधको कारोबार बढ्दो रुपमा झाङ्गिदै गएको छ । एक महिनाको अन्तरालमा उदयपुरमा झण्डै दुई दर्जन लागूऔषध कारोबारी पक्राउ परेको छ । पक्राउ परेकाहरुमध्ये लागूऔषध सेवन कर्तादेखि कारोबारीसम्म पक्राउ परेको छ ।

कारोबारीहरु कसैले थाह नपाओस भनेर च्याउ च्याउ भित्रको खोलदेखि कम्मरमा बाँधेर ल्याउने गरेपछि प्रहरी नै चकित भएका छन् । सोमबार त्रियुगा नगरपालिका ६ लालपत्ता प्रहरी चौकीमा चेकजाँचको क्रममा एउटा यस्तै अचम्म तरिकाले लागूऔषध करोबारी पक्राउ परेको छ । सिरहा नवराजपुर नगरपालिका ७ भगवतिपुर तामासुइयाका २४ वर्षिय युवक पवन चौधरीले लागूऔषध पेटको भागमा प्लाष्टिकको टेपले बेरि पेटी बनाएर ल्याउँदै गरेको अवस्थामा पक्राउ परेको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी भिमबहादुर दाहालले जानकारी दिए । उनको साथबाट नोर्फिन २३ एम्पुल (थान), प्रमेथाईजिन २३ थान र डाईजेल्याव २३ थान र २ थान मोवाईल बरामद भएको एसपी दाहालले जानकारी दिए । पनि उनको साथबाट बरामद भएको छ । उनलाई विशेष सुचनाको आधारमा पक्राउ परेको थियो ।

लामो समयदेखि उदयपुरमा लागूऔषधको कारोबार गर्दै आएको चौधरीको ल्याउने तरिका देखेर एकछिन प्रहरी नै अचम्मित परेको चेकजाँचमा खटिएका एक प्रहरीले जानकारी दिए । उदयपुरमा खैरो हिरोइनदेखि ब्राउन सुगरको कारोबारीहरु पक्राउ परेको छ । पक्राउ परेको कारोबारीहरुको ल्याउने तरिकाहरु फरक समयमा फरक फरक देखेर प्रहरी नै अचम्मित परेको छ । । यस्तै उदयपुरमा लागूऔषध कारोबारीले फरक फरक बाटोहरु पनि प्रयोग गर्दै आएकोले त्यस क्षेत्रमा पनि निगरानी बढाउन नागरिकहरुले माग गरेको छ ।