धोबी खोला पुलबाट खस्यो मोटरसाइकल, एक जनाको मृत्यु

2020-12-27   समाचार

काठमाडौं, पौष १२
काठमाडौंको चाबहिलस्थित धोबीखोला पुलबाट मोटरसाइकल खोलामा खस्दा एकजनाको मृत्यु भएको छ ।बा२६प ४०२१ नम्बरको मोटरसाइकल पुलबाट खस्दा मोटरसाइकल चालक सिन्धुलीको दुधौली(५ घर भई कपनमा बस्दै आएका २७ वर्षीय लोकबहादुर श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ ।

गुडिरहेको मोटरसाइकल शनिबार राति सवा नौ बजे पुलबाट धोबीखोलामा खसेको थियो । गम्भीर घाइते भएका श्रेष्ठको नेपाल-भारत अस्पताल चाबहिलमा उपचारको क्रममा राति सवा १० बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।