0 COMMENTS

काठमाडाैँ, पाैष ९
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजित भएपछि प्रधानमन्त्री केपी ओली पक्ष र प्रचण्ड–नेपाल पक्षबीच नेता कार्यकर्ता आफूतिर तान्ने होडबाजी सुरु भएको छ । प्रधानमन्त्री ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेसँगै भएको राजनीतिक उथलपुुथलसँगै नेकपा विभाजित बनेको हो ।

अहिलेसम्म पार्टी विभाजनको घोषणा नभएपनि दुबै पक्षको गतिविधिले पार्टी विभाजनमा गइसकेको र अब निर्वाचन आयोगबाट कसले आधिकारिकता पाउने र निर्वाचन चिन्ह कसले पाउने भन्नेमै केन्द्रीत रहेको छ । उसो त प्रचण्ड–नेपाल पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेकपा अध्यक्ष र संसदीय दलको नेताबाट बर्खास्त गरिसकेको छ भने प्रतिनिधिसभा पुनर्स्थापना समेत गरेर नयाँ सरकार बनाउने दावी गरेको छ । भलै, प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ भने सो रिट अदालतमा विचाराधीन अवस्थामा रहेको छ ।

पार्टी फुटमा गएकै बेला उपाध्यक्ष वामदेव गौतम र सचिवालय सदस्य तथा गृहमन्त्री रामबहादुर थापा अहिलेसम्म दुबै पक्षको भेला तथा बैठकमा सहभागी छैनन् । अन्तिममा गौतम प्रचण्ड–नेपाल समूहतिरै लाग्ने बताइएपनि बादल भने ओली पक्षतिरै ढल्किएको उनी निकट स्रोतले बताएको छ । बादल निकट स्रोतले भन्यो, ‘हामीले ओली प्रतिगमनकारी हुन्, उहाँतिर लाग्नु अग्रगमन नमान्नु हो भनेर धेरै भन्यौं । तर उहाँको जोडबल ओलीतिरै लाग्ने छ, हामी सम्झाउँदा सम्झाउँदा हैरान भइसक्यौ तर मान्नु भएको छैन ।’

संसद विघटन भएसँगै प्रधानमन्त्री ओली र बादलबीच पटक–पटक भेटवार्ता भएको छ भने सो भेटका क्रममा आफू प्रचण्ड–माधव पक्षतिर नरहेकJ बादलले ओलीलाई बताउँदै आएका छन् । स्रोतका अनुसार ओलीले बादललाई आकर्षक अफर गरेका छन् । स्रोतले त्यो आकर्षक अफर के हो भन्नेबारे स्पष्ट नखुलाएपनि ओली पक्षमा बादललाई कार्यकारी अध्यक्षसम्म बनाउनेसम्मको अफर गरिएको छ ।

विगतमा प्रचण्डसँग विभाजन भएर वैद्यसमूहतिर लागि पुनः माओवादी केन्द्रमै बिलिन भएका बादल अहिले पनि प्रचण्डसँग बस्नुभन्दा ओलीतिर लाग्नु हितकर हुने निष्कर्षमा पुगेको उनी निकट स्रोतको भनाइ छ । बादल समूहबाट मणि थापा यसअघि नै ओली समूहतिर गइसकेका छन् । उनको समूहबाट प्रतिनिधित्व गर्ने अन्य नेताहरु भने प्रचण्ड–नेपाल समूहतिर लागेका छन् । बादललाई प्रचण्डतिरै लाग्न उनी समूहका भनेर चिनिएका नेताहरुले पटक पटक अनुरोध गरेपनि उनी राजी नभएका स्रोतको दावी छ । उसो त प्रचण्डले पनि बादललाई आफूतिर तान्न पहल गर्दै आएका छन् । तर उनले त्यति चासो नदिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।