0 COMMENTS

काठमाडौंय५ पुस २०७७/सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले अध्यक्ष केपी शर्मा ओलीलाई अनुशासनको कारवाही गर्ने निर्णय गरेको छ ।आइतबार बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले ओलीमाथि अनुशासनको कारवाही गर्ने प्रस्ताव केन्द्रीय कमिटीमा लैजाने निर्णय गरेको हो।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली र उनी पक्षीय नेताहरू भने सहभागी भएका थिएनन् । भोलि सांसदहरूसँग छलफल गरेर र पर्सी केन्द्रीय कमिटी बैठकमा यस विवषयमा थप छलफल गरिने भएको छ ।

बैठकले प्रधानमन्त्री ओलीको कदम असंवैधानिक, अलोकतान्त्रिक, निरंकुश र जनादेशविरुद्ध भएको ठहर गर्दै खेद व्यक्त गर्दै यसको कानुनी उपचार खोज्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।