0 COMMENTS

काठमाडौँ, २० मंसिर । सत्तारुढ दल नेपाल कम्यूनिष्ट पार्टी नेकपाको तीन दिनको स्थगन रहेको सचिवालय बैठक आज बस्दै छ । दुई पार्टी अध्यक्ष बिचको मतभेद कायमै रहेको बेला तीन दिन देखी स्थगन हुँदै आएको सचिवालय बैठक आज बस्न लागेको हो ।

पार्टी अध्यक्ष समेत रहनु भएका प्रधानमन्त्री केपी शर्मा ओली र अर्का पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबिच गम्भीर आरोप–प्रत्यारोपसहितका बेग्लाबेग्लै राजनीतिक प्रस्ताव अगाडि सारेका दुई अध्यक्षबिच मतभेद कायमै रहको छ ।

बैठकबाट वा दुई अध्यक्षबीचको संवादबाट निकास निकालिनु पर्ने भन्नेमा ओली र प्रचण्ड एवं वरिष्ठ नेता माधवकुमार नेपाल समूहबीच मतभेद कायमै रहँदा सहमति हुन सकेको छैन ।

ओलीले बैठक स्थगन गरेर अनौपचारिक छलफलमा जोड दिएका छन् भने प्रचण्ड–नेपाल समूह शनिबारको सचिवालय बैठकमार्फत सबै विषय स्थायी कमिटीमा प्रवेश गराउने तयारीमा छ ।

पछिल्लो १७ मंसिरमा बसेको सचिवालय बैठकयता ओली र प्रचण्डबीच औपचारिक संवाद नभएपछि प्रधानमन्त्रीनिकट नेताहरूले प्रचण्डलाई भेटेर बहुमत–अल्पमतको प्रक्रियाबाट अगाडि बढ्दा पार्टी एकता भंग हुने सन्देश दिँदै सहमतिका लागि संवादमा बस्न आग्रह गरेका छन् । तर, प्रचण्डले भने प्रधानमन्त्री ओलीले सहमति खोजेको हो भने त्यसको आधार बैठकमै प्रस्तुत गर्नुपर्ने भन्दै शनिबार डाकिएको सचिवालय बैठक नरोकिने जवाफ फर्काएका छन् ।

प्रधानमन्त्री ओलि समूहले समेत केही समय बैठक स्थगन गरेर छलफल गर्न सुझाव दिएको भएपनि अध्यक्ष प्रचण्डले शनिबार डाकिएको सचिवालय बैठक स्थगित नहुने बताएका छन् । ‘शनिबारको बैठक स्थगित हुन्न, छलफल अगाडि बढ्छ, जे निर्णय गर्छ, कमिटीले नै निर्णय गर्छ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।