0 COMMENTS

उदयपुर १९ मंसिर २०७७ । उदयपुरको कटारीमा शक्तिशाली बम बिष्फोट भएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी भीमबहादुर दाहालले उदयपुरको कटारी नगरपालिका वडा नं. ८ को सौर्य सिमेन्ट खानीमा शक्तिशाली बम बिष्फोट भएको बताए ।

एसपी दाहालका अनुसार बिहिबार राती करिब १२ बजेको समयमा बम बिष्फोट भएको हो । सो बिष्फोट भएको स्थानमा रहेका मजदुरहरु भागदौड गर्ने क्रममा ३ जना घाइते भएका छन् ।

उनका अनुसार बमको छर्राले लागेर भने कुनै पनि मानविय क्षति भएको छैन । घटनास्थलमा प्रहरीको टोली पुग्ने क्रममा रहेको एसपी दाहालले बताए । यस सम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । क्षतिको यकिन विवरण समेत आइसकेको छैन ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।