तोलामा १६ सयले बढ्यो सुनको मूल्य
काठमाडौं १८ मंसिर २०७७ । नेपाली बजारमा सुनको मूल्य आज पनि बढेको छ । बुधबार सुनको मूल्य ९१ हजारमा कारोबार भएकोमा आज तोलामा १६ सयले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघकाअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ६ सय कायम गरिएको छ भने तेजावी सुनको मूल्य ९२ हजार १५० निर्धारण गरिएको छ ।
त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला १२०५ रहेको महासंघले जनाएको छ ।