0 COMMENTS

काठमाडाैं, २५ कात्तिक । सुनको भाउ आज एकैदिन तोलामा ३ हजार ४ सय रुपैयाँ घटेकाे छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज तोलामा सुन ३ हजार ४ सय रुपैयाँ घटेर ९४ हजार ८ सय रुपैयाँमा काराेबार भइरहेकाे छ ।

हिजो तोलामा सुन ९८ हजार २ सय रुपैयाँ थियो । यस्तै आज तेजावी सुन ९४ हजार ३०० रुपैयाँमा कारोबार भएको छ । हिजाे तेजावी सुन ९७ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

सुनको भाऊ यसरी घट्नुमा अन्तर्राष्ट्रिय बजारमा कोरोनाविरुद्धको खोपको सफल परीक्षण हुनुलाई प्रमुख कारण मानिएको छ ।अमेरिकी–जर्मन स्वास्थ्य विज्ञले निर्माण गरेको खोप ९० प्रतिशत प्रभावकारी देखिएको खबरसँगै अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट देखिएको हो । यसको प्रत्यक्ष प्रभाव नेपाली बजारमा परेको हो ।

यसैबीच, आज चाँदी पनि तोलामा ६० रुपैयाँले घटेको छ । चाँदी आज तोलामा १२ सय १५ रुपैयाँमा कारोबार भएको छ । हिजो तोलामा १२ सय ७५ रुपैयाँ थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।