0 COMMENTS

काठमाडौं०६कार्तिक०७७/ बागमती प्रदेश सरकारले कोरोना संक्रमित बिरामीको उपचार निःशुल्क गर्ने निर्णय गरेको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयले यस्तो निर्णय गरेको हो ।

मन्त्रालयले मन्त्रीस्तरीय निर्णय कार्यान्वयन गर्न जनस्वास्थ्य प्रयोगशाला, धुलिखेलसहित, प्रदेशका आठवटा अस्पताल र १३ वटा स्वास्थ्य कार्यालयलाई परिपत्र गरी निर्देशन दिएको छ ।

मन्त्रालयले कोभिड–१९ सँग सम्बन्धित परीक्षण तथा उपचारका सम्पूर्ण सेवाहरु संघीय मन्त्रालयको कात्तिक २ को निर्णयअनुसार तोकिएका लक्षित वर्गलाई तोकिएको प्रक्रिया पूरा गरी सेवा दिन निर्देशन दिएको छ ।

पत्रमा भनिएको छ, ‘सो समूहबाहेकका नागरिकहरुलाई समेत हाल प्रदान गरिरहेको सेवालाई साविककै विधि र प्रक्रियाअनुसार निरन्तरता दिन मन्त्रालयको कात्तिक ४ गतेको निर्णयअनुसार अनुरोध छ ।’

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कात्तिक २ को नियमित पत्रकार सम्मेलनमा मन्त्रिपरिषद्को निर्णय सुनाउँदै विपन्न, अशक्त, एकल महिला, ज्येष्ठ नागरिक, अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मीबाहेक अन्यको कोरोना भाइरसको परीक्षण र उपचारमा सरकारले खर्च नगर्ने जानकारी गराएका थिए ।गण्डकी प्रदेशले यसअघि नै कोरोना भाइरस संक्रमितको उपचार निःशुल्क गर्ने निर्णय गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।