0 COMMENTS

काठमाडौं, कार्तिक ३
देशभर तीन दिन कोरोना परीक्षण बन्द गरिने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दशैका लागि कार्तिक ९, १० र ११ गते पीसीआर परीक्षण गरिने छैन।

आइतबारको नियमित प्रेस ब्रिफिङका क्रममा प्रवक्ता प्रा।डा। जागेश्वर गौतमले महानवमी, विजयादशमी र एकादशीका दिन कोरोनाको पीसीआर परीक्षण नगरिने जानकारी दिएका हुन्।

अहिले देशभरका प्रयोगशालामा दैनिक पीसीआर परीक्षण गर्ने र स्वास्थ्य मन्त्रालयले त्यसको तथ्यांक जानकारी गराउने गरेको छ। तीन दिनपछि भने फेरि नियमितब्रुपमा नै परीक्षण परीक्षण गरिने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।