0 COMMENTS

काठमाडौं ३० असोज २०७७ । सानिमा जनरल इन्स्योरेन्सको आईपीओ बाँडफाँड हुँदै छ । इन्स्योरेन्सको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटलका अनुसार इन्स्योरेन्सको आईपीओ शुक्रबार बिहान साढे ८ बजे क्यापिटलको कार्यालयमा भइरहेको जनाएको छ। आईपीओ बाँडफाँडका लागि क्यापिटलले विहीबार प्रि अलटमेन्ट गरी नेपाल धितोपत्र बोर्डबाट बाँडफाँटको स्वीकृति लिइसकेको छ ।

कम्पनीले सर्वसाधारणका लागि छुट्याएको ३० लाख कित्तामध्य १ लाख २० हजार कित्ता कम्पनीका कर्मचारीहरुका लागि र १ लाख ५० हजार कित्ता सामूहिक लगानीकोषका लागि छुट्याएर बाँकी २७ लाख ३० हजार कित्ता सार्वजनिक निष्कासन मार्फत विक्री गरेको थियो । कम्पनीले असोज २१ देखि २५ गतेसम्म सर्वसाधारणका लागि सार्वजनिक निष्कासनमार्फत शेयर विक्री गरेको हो ।

यस कम्पनीको आईपीओ खरिदका लागि ८ लाख ८३ हजार ६२३ जना आवेदकबाट १ करोड ९० लाख १२ हजार ३४० कित्ताको लागि आवेदन परेको छ । जुन मागभन्दा ६ दशमलव ९६ गुणा बढी हुन आउँछ । हाल ७० करोड रुपैयाँ चुक्तापूँजी रहेको यस कम्पनीको आईपीओ पश्चात चुक्तापूँजीरू। १ अर्ब रुपैयाँ पुग्नेछ । यस कम्पनीको प्रतिशेयर आम्दानी २ दशमलव ६६ रुपैयाँ र प्रतिशेयर नेटवर्थ १०६ दशमलव ३९ रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।