0 COMMENTS

प्रतिभा भट्टराई,काठमाण्डाै२५अशाेज०७७/२०७७ असोज २४ गते शनिबार तारकेश्वर नगरपालिका वडा नं ५ स्थित बोहोराटार जेनिएल स्कूलको प्राङ्गण मा हाल चलिरहेको विषम परिस्थितिमा कुनै पनि व्यक्ति ले बनाउन अनि फलाउन नसकिने रगतको अभावमा आफ्नो अनमोल जीवन गुमाउन नपरोस् भन्ने आशा ले थोरै मात्र भए पनि यस कार्यमा सहयोग पुर्याउने लक्ष्य राखी हिड्स नेपाल नामक संस्थाले रक्त दान कार्यक्रमको आयोजना गरेको थियो।

त्यस्तै गरी सोही दिन विश्व मानसिक स्वास्थ्य दिवस पनि परेकाले, प्रत्येक वर्ष विश्वमा ३० करोड मानिसहरू डिप्रेसन को शिकार भइरहेका समाचार जो कसैको लागि पनि दुःखद भए पनि कोरोनाको त्रासका कारण यो तीतो सत्य को तथ्याङ्क अझै बढ्न सक्ने अनुमान गरी टोल बासी हरुलाई मानसिक स्वास्थ्य को महत्व, कारक तत्व हरु, प्रकार, परिणाम तथा यसको पहिचान र न्युनिकरणका केही उपाय हरु को जानकारी गराउने उद्देश्यले मनो परामर्श दाता सागर नेपाल द्वारा मनोपरामर्श कार्यक्रम पनि सम्पन्न गर्यो।

प्रमुख अतिथि माननीय सहरी विकास राज्य मंत्री राम वीर मानन्धर र विशेष अतिथि तारकेश्वर नगरपालिका उप प्रमुख भवानी डोटेल तथा नेपाल खेलकुद परिषद्का उपाध्यक्ष शिव कोइराला रहनु भएको उक्त कार्यक्रम मा सामाजिक दूरी लगायतका सतर्कता अपनाइएको थियो भने सहभागी हरुले पनि आफ्नो मानसिक स्वास्थ्य सम्बन्धी जिज्ञाशा हरु राखेका थिए।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।