0 COMMENTS

बुधबार, २१ असोज २०७७
काठमाडौं । सानिमा जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले आजदेखि साधारण शेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गरेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता आईपीओ निष्कासन गरेको हो ।

एक लाख २० हजार कित्ता कम्पनीका कर्मचारीलाई, १ लाख ५० हजार कित्ता म्युचुअल फण्डहरूलाई र बाँकी २७ लाख ३० हजार कित्ता सर्वसाधारणको लागि निष्कासन गरेको हो । उक्त साधारण शेयर सर्वसाधारणमा सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम एनआईसी एशिया क्यापिटल लिमिटेडले गर्नेछ ।

लगानीकर्ताले एनआईसी एशिया क्यापिटल लिमिटेड, बबरमहल काठमाडौं, नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि-आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । साथै मेरो शेयर एप र मेरो शेयर सफ्टवेयर मार्फत पनि आवेदन दिन सक्नेछन् ।

आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम एक हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले आईपीओमा छिटोमा असोज २५ गते र ढिलोमा कार्तिक ६ गतेसम्म आवेदन दिन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।