0 COMMENTS

काठमाडौं २० असोज २०७७ । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडको आईपीओ मंगलवार बाँडफाँट भएको छ । विक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलको कार्यालयमा विहान १०ः३० बजे भएको बाँडफाँटमा २ लाख ७३ हजार जना आवेदकहरुले मात्र १० कित्ताका दरले शेयर हात पारेका छन् । यी आवेदकहरुले गोलाप्रथाद्धारा १० कित्ताका दरले शेयर पाएका हुन ।

यस कम्पनीको आईपीओमा ७ लाख ९६ हजार ७३४ जना आवेदकबाट २ करोड १४ लाख ५९ हजार ३७० कित्ता शेयर खरिदको माग परेको विक्री प्रबन्धकले जानकारी दिएको छ । यी मध्य २ हजार १८८ जना आवेदकबाट परेको ४८ हजार ६४० कित्ता शेयरको आवेदन रद्ध भएको छ । यो आईपीओ खरिदका लागि आवेदन दिने ५ लाख २४ हजार ५४ जनाको हात खाली भएको छ ।

यस कम्पनीले असोज ११ देखि १४ गतेसम्म रू. ३० करोड बराबरको ३० लाख कित्ता आईपीओ विक्री गरेको हो । कुल कित्तामध्य सार्वजनिक निष्कासन मार्फत विक्री गरेको २७ लाख ३० हजार कित्ता शेयर विक्री प्रबन्धकले बाँडफाँट गरेकोे हो । कुल कित्तामध्य जनरल इन्स्योरेन्सले १ लाख २० हजार कम्पनीका कर्मचारी र १ लाख ५० हजार कित्ता सामूहिक लगानीकोषका लागि छुट्याएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।