युभेन्टस र नापोली भिड्दै

2020-10-04   खेलकुद

रमिला बस्नेत,शाेज,१८ , इटालिका दुई ठूला क्लब युभेन्टस र नापोली आज राती सेरिआ लिग अन्तर्गत तेस्रो चरण मा अलियन्ज रंगशालामा भिड्दै छन्। साेमबार राति १२/३० मा हुने यश खेलमा युभेन्ट्सकाे लागि घरेलु मैदानकाे प्लस प्वाईन्ट रहनेछ।
दोस्रो चरणको खेलमा युभेन्टसले रोमा संग २-२ को बराबरी खेलेको थियो जसमा राेनाल्डाेले २ सान्दार गोल गरेका थिए । पछिल्लो ३ खेलहरुमा युभेन्ट्सले नापाेलि विरुद्ध जित निकाल्न सकेकाे छैन। यसकारण पनि युभेन्ट्स नापाेलिलाई हराउदै अंक तालिकामा अगाडि बढ्ने दाउमा रहेकाे छ। भने नापाेलि पनि शिर्ष स्थान कायम राख्ने दाउमा हुनेछ।पछिल्लो २ खेल नखेलाका पाउलाे देवला र स्टार राेनाल्डाेकाे जाेडि पुनः देख्न सकिने संम्भावना रहेकाले दुवैतर्फबाट निकै कडा प्रतिस्पर्धा हुने छ।