0 COMMENTS

काठमाडौं३१भदाै०७७ । शिव सेना नेपालले धार्मिक आस्थाको मुख्य केन्द्र रहेको पशुपतिनाथलगायत देशभर रहेका मन्दिर पिठ धर्मावलम्बीहरूका सरकारले खुला नगरे शिव सैनिकले खुला गर्ने चेतावनी दिएको छ ।

कोरोना भाइरस (कोभिड–१९)को महामारीका कारण देखाउँदै बन्द गराइएका आस्थाका केन्द्र खुलाएर सर्वसाधारणलाई शान्तिपूर्वक पुजाअर्चनाको व्यवस्था मिलाउन शिव सेना नेपालले चेतावनी दिएको हो ।

महामारीका बेला सरकारले कुनै पनि प्रकारका काम नगरेको, भ्रष्टाचार र बेथितिमा रमाएको आरोप लगाउँदै अध्यक्ष अनिल बस्नेतले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘हरेक क्षेत्र खुलाउनका लागि तयार भएको सरकारले धार्मिक आस्था र शान्ति खोज्ने ठाउँलाई भने खुलाउन अनुमति दिएको छैन, दुखपीडा विसाउने भगवानका आस्था केन्द्र तत्काल खुलाइयोस् नखुलाए जनता आफैंले खुलाउनेछन् ।’

महामारीमा पीडित रहेका आम साधारणलाई कुनै पनि प्रकारको राहत दिनका लागि सरकार सक्षम नभएको तर भ्रष्टाचारीका अगाडि लाचार भएको उल्लेख गर्दै बस्नेतले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘आम मानिसको आस्था केन्द्रलाई नखुलाए जबरजस्ती शिव सेना नेपालका शिव सैनिकले खुलाउने छ ।’

अनेक क्षेत्रलाई खुला गर्दै जाने तर हिन्दू धार्मिक केन्द्रलाईचाहिँ खुलाउनका लागि बिलम्ब गर्नुमा सनातन धर्मविरोधीको प्रायोजित रणनीति हुनेतर्फ संकेत गर्दै बस्नेतले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘यस्तो निकम्मा सरकारले जनहितको सन्दर्भमा कुनै पनि काम गर्न सक्तैन, गरेको छैन ।’

लक डाउन भएको बेला नेपालमा महामारीले भन्दा पनि सरकारको व्यवस्थापकीय कमजोरी, भ्रष्टाचारका कारण आम साधारण त्रसित हुँदा आत्महत्या गर्नेको संख्या उल्लेख्य रहेको जनाएका बस्नेतद्वारा जारी विज्ञप्तिमा भनिएको छ,‘जनताले शान्ति खोज्ने ठाउँ नै भगवानको शरण, मन्दिर हो, त्योचाहिँ बन्द गरेर अन्य मात्र खुलाउनुलाई शिव सेना नेपाल घोर आपत्ति गर्दछ ।’

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।