0 COMMENTS

 वि.सं. २०७७ भाद्र ३० गते मङ्गलबार तदनुसार ई. सं. २०२० सेप्टेम्बर १५ तारिख, प्रमादी नामक संवत्सर, शाके :– १९४२, सूर्य दक्षिणायन, वर्षा ऋतु, ने.सं. :– ११४०, (अनलागा), इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०५:४१ बजे र सूर्यास्त : साँझ ०५:५९ बजे, काठमाण्डौं, नेपालमा सूर्योदय : बिहान ०५:४९ बजे र सूर्यास्त : साँझ ०६:०८ बजे, पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०५:५४ बजे र सूर्यास्त : साँझ ०६:१३ बजे, आश्विन कृष्णपक्षको त्रयोदशी तिथि, बेलुका ०८:४२ बजेसम्म, त्यसपछि चतुर्दशी तिथि, अश्लेषा नक्षत्र, दिउँसो १२:५६ बजेसम्म, त्यसपछि मघा नक्षत्र, चन्द्रमा कर्कट राशिमा, दिउँसो १२:५६ बजेसम्म, त्यसपछि सिंह राशिमा, शिव योग, दिउँसो १०:३३ बजेसम्म, त्यसपछि सिद्धि योग, गर करण, बेलुका ०८:४२ बजेसम्म त्यसपछि वणिज करण, आनन्दादि योग : आनन्द, चन्द्रवर्ण : सेतो, चन्द्रदिशा : उत्तर, योगिनीदिशा : दक्षिण, वारशूल : उत्तर, कालराहु : पश्चिम, आजको चाडपर्व र उत्सव : श्री भौम प्रदोष व्रत, सोह्रश्राद्धअन्तर्गत त्रयोदशी श्राद्ध, मघायुक्त त्रयोदशी श्राद्ध, कलियुगादि, भद्रा करण रात्री ०८।४१ मिनेटपछि

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
मान्यजनसँग असमझदारी बढ्न सक्छ । सानातिना घरायसी काममा समय व्यतीत गर्नु पर्नेछ । पारिवारिक वातावरण अनुकूल नहुनाले दिक्क लाग्न सक्छ । आर्थिक मामिलामा नराम्रो छैन । बौद्धिक र सृजनात्मक क्षमता ह्रास आउने छ यद्यपि आजको चिन्तनले थोरबहुत काम गर्नेछ । तर दिउँसोबाट सन्तुष्टि प्राप्त हुनेछ । पठनपाठन र ज्ञानगुनका क्षेत्रमा सक्रियता बढ्ने छ । आजका लागि शुभअङ्क : ४ र शुभरङ्ग : रातो वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ गौर्यादि षोडशमातृभ्यो नमः न्यूनतम जापसङ्ख्या : १६ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
चौथो घरमा चन्द्रमा भए दिन लाभदायक रहनेछ । नयाँ कामधन्दा वा व्यवसाय सुरु गर्ने अनुकूलता मिल्नेछ । व्यापार व्यवसायबाट मिहिनेत गरेबमोजिम लाभ लिनसकिने छ । सानातिना पारिवारिक समस्यामा रुमल्लिनु पर्ने छ । शरीरमा थकानको अनुभूति हुनसक्छ तथापि घरपरिवार, पारिवारिक सुख, मान्यजनको सेवासुश्रुषामा समय बितेको पत्तो पाउनुहुन्न । आजका लागि शुभअङ्क : ३ र शुभरङ्ग : पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ बक्रतुण्डाय हुम् न्यूनतम जापसङ्ख्या : २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
सामाजिक काममा दौडधूप हुनसक्छ र धार्मिक÷सामाजिक क्षेत्रबाट सम्मानित हुने अवसर पाइने छ । व्यवसायिक क्षेत्रबाट राम्रै लाभ प्राप्त हुनेछ । आम्दानीका नयाँनयाँ मार्ग पत्ता लाग्नेछन् । पारिवारिक सुख मिल्नेछ । मातापिता वा अभिभावकवर्गबाट आवश्यक सहयोग प्राप्त हुनेछ । स्वास्थ्यमा सकारात्मक सङ्केत देखिने छ । चाहनाबमोजिम कार्य सम्पन्न गर्न सकिने छ । आजका लागि शुभअङ्क : २ र शुभरङ्ग : घिउ रङ हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ सिद्धिलक्ष्म्यै नमः न्यूनतम जापसङ्ख्या : ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
दिन रमाइलो गरी बित्नेछ । सामाजिक र पारिवारिक सम्बन्ध सुदृढ हुनेछ । कुटुम्ब र भाञ्जाभाञ्जीसँग सुमधर सम्बन्ध कायम हुनेछ । पारिवारिक खुसी मिल्नेछ । आर्थिक पक्ष सुदृढ रहनुका साथै समस्याहरू समाधान हुनेछन् । महत्वपूर्ण स्थानमा बोली बिक्ने सम्भावना समेत छ । विभिन्न सामाग्री किनमेल गर्न आजको दिन राम्रो छ । स्वास्थ्य सबल छ । बन्दव्यापारमा फाइदा छ । आजका लागि शुभअङ्क : १ र शुभरङ्ग : सिम्रिक रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ हं हनुमते नमः न्यूनतम जापसङ्ख्या : २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
आजबाट खराब र दिक्क लाग्दो समयको समाप्ति हुँदैछ, अब हाँसखेल र मनोरञ्जनका लागि मन आकर्षित हुनेछ । दिउँसोबाट तपाईंका असन्तुष्टि समाप्त हुनेछन् । अधुरा कामहरू पूर्ण हुन थाल्नेछन् । स्वास्थ्यमा क्रमिक रूपमा सुधार हुनेछ । आध्यात्मिक र सामाजिक काममा सक्रिय बन्नु पर्नेछ । वादविवादमा विजय प्राप्त हुनेछ । परोपकारका क्षेत्रमा आकर्षण बढ्ने छ । आजका लागि शुभअङ्क : ३ र शुभरङ्ग : कालो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ कें केतवे नमः न्यूनतम जापसङ्ख्या : ०७ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
सुरुमा सामाजिक तथा साँस्कृतिक कार्यक्रममा संलग्न हुनुपर्नेछ । विशेष ज्ञानको उदय हुनसक्छ । कामप्रति लगनशीलता बढ्ने छ । पठनपाठन र प्राज्ञिक क्षेत्रबाट लाभ लिन सकिने छ । तर साँझपख गरेका काममा अवरोध आउने सम्भावना छ । दैनिक कामकाजको चाप बढ्न सक्छ । घरायसी प्रयोजनका विषयमा खर्चबृद्धि र तनाव हुन सक्छ । आजका लागि शुभअङ्क : २ र शुभरङ्ग : सेतो वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ बृं बृहस्पतये नमः न्यूनतम जापसङ्ख्या : १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
मातापिता वा मान्यजनको सहानुभूति र आशीर्वाद मिल्नेछ, गरेका काम सफल हुनेछन् । सम्मान र साख आर्जन गरिने छ । अब कर्मप्रति समर्पित भई भाग्यबल बढाउने समय आएको छ, त्यसैले पेसा वा व्यवसायगत उन्नतिका लागि गरिएका प्रयास सफल हुनेछन् । चिताउँदै नचिताएको कुनै महत्वपूर्ण कार्य सिद्धि हुने छ । आजका लागि शुभअङ्क : १ र शुभरङ्ग : कालो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ स्थानदेवताभ्यो नमः न्यूनतम जापसङ्ख्या : ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
परिश्रम गरेमा भाग्यले साथ दिने समय छ । आत्मविश्वासमा कमी आए पनि साथीभाइ र सहयोगीको मद्दतले सोचेजस्तै लाभ लिन सकिने छ । जीवनसाथी र बालबच्चाबाट सहयोग लिने अनुकूलता हुँदैन । नजानेको वा नचाहेको कार्यक्षेत्रमा खट्नु पर्ने समय छ । बन्दव्यापार र रोजगारीका क्षेत्रमा कामको चाप बढ्न सक्छ । पेसा वा व्यवसायमा आबद्ध हुनुहुन्छ भने मिहिनेत र लगनशीलतामा कमी आउन दिनु हुँदैन, नत्र सानो त्रुटिका कारण काम बिग्रन सक्छ । नचिताएको क्षेत्रमा अचानक धन नाशको सङ्केत छ । तर अभिभावक वा मातापिताको आशीर्वाद लिन सके आज कुनै महत्त्वपूर्ण काम बन्नसक्छ । आजका लागि शुभअङ्क : ९ र शुभरङ्ग : सेतो वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ गुरवे नमः न्यूनतम जापसङ्ख्या : २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
उतारचढाव आएपनि व्यापारबाट राम्रै नाफा मिल्नेछ । दाम्पत्य जीवनमा उतारचढाव आउने भएकाले व्यवहारमा संयमता अपनाउनु बेस हुनेछ । गरेका प्रयासमा भाग्यले साथ दिनेछ, साँझपख अचानक हर्षित हुने समाचार मिल्नेछ, परोपकारी काममा खट्नु पर्नेछ । स्वास्थ्य सबल हुनेछ, भाग्यबल बढ्ने छ, रोकिएका काम पुनः बन्न थाल्नेछन् । आजका लागि शुभअङ्क : ८ र शुभरङ्ग : कालो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ अञ्जनीसुताय नमः न्यूनतम जापसङ्ख्या : २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
मध्याह्नसम्म दाम्पत्य जीवन र प्रणय सम्बन्धमा शुभफल प्राप्त हुनेछ, तर दिउँसो आठौं घरमा चन्द्रमा जाने भएकाले मायाप्रेम, रतिराग र भावुकताका क्षेत्रमा खराब ऊर्जा प्राप्त हुने सङ्केत छ, संयम र सचेत रहनुपर्छ । सानातिना घरायसी समस्याहरू देखिए पनि तिनले दैनिकीमा खास फरक पार्ने स्थिति छैन । जीवनसाथीसित वैचारिक मतभेद हुनसक्छ । आजका लागि शुभअङ्क : ७ र शुभरङ्ग : गुलाबी वा सिन्दूरे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ कुलदेव्यै नमः न्यूनतम जापसङ्ख्या : ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
उल्झन सुल्झाउने महत्वपूर्र्ण दिन हो । तर्कवितर्क, वादविवाद, छलफल र पढाइलेखाइका क्षेत्रमा सक्रिय भइने छ । दिनभरि मन प्रफुल्ल रहनेछ । शान्त र रमाइलो वातावरणको सिर्जना हुनेछ । याद गर्नुहोला, आज जसरी भए पनि घरव्यवहार, भौतिक सुख र मायाप्रेमका लागि समय निकाल्ने दिन हो । खानपिन, घुमघाम एवं भेटघाटको बेला छ । दिन छिप्पिंदै जाँदा समय भाग्यशाली हुनेछ । आजका लागि शुभअङ्क : ६ र शुभरङ्ग : छिर्केमिर्के बुट्टे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ रां राहवे नमः न्यूनतम जापसङ्ख्या : १८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
दिनको सुरुवातमा ज्ञानगुन र बौद्धिकताका क्षेत्रमा मन आकर्षित भए पनि दिउँसो मानसिक चिन्ता र छटपटीले व्याकुल हुन सकिन्छ । प्रतिस्पर्धी र कुरा काट्नेले तपाईंका विरुद्धमा प्रचारबाजी गर्नसक्छन् । घरमा आमा वा दिदीको स्वास्थ्य प्रतिकूल बन्नसक्छ । काम गर्दा आर्थिक, सामाजिक, व्यावहारिक आदि विभिन्न समस्या आइलाग्न सक्छन् । आजका लागि शुभअङ्क : ५ र शुभरङ्ग : हलुका नीलो वा आकाशे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ सरस्वत्यै नमः न्यूनतम जापसङ्ख्या : ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

(द्रष्टव्य : यो पञ्चाङ्गको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि इटहरी, सुनसरी, नेपालको अक्षांश : २६:४० उत्तर तथा देशान्तर : ८७:१६ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेधस्थान र विपरीत वेधस्थान समेतको गणना गरिएको छ )

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।