बञ्चरो प्रहार गरेर आमाको हत्या

2020-09-14   अपराध

झापा, भदौ २९/झापाका एक युवकले बञ्चरो प्रहार गरेर आफ्नै आमाको हत्या गरेका छन् ।जिल्लाको कमल गाउँपालिका ८ ठूलो बाह्रघरेका २४ वर्षीय दिनेश ऋषिदेवले आमाको हत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

रक्सी खाएर घर पुगेका उनले ५० वर्षीया आमा मीरा ऋषिदेवलाई बन्चरो र ढुङ्गाले टाउको र खुट्टामा हानेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी राकेश थापाले जानकारी दिए । उनलाई प्रहरी हत्या अभियोगमा नियन्त्रणमा लिइसकेको छ ।