फ्रस्ट्रेसन, एन्जाईटी, डिप्रेसन र सुसाइडको यो राज्य-शंकर भ‌ंण्डारी

शंकर भ‌ंण्डारी

यहाँको सिस्टम र यो सरकार भन्दा भयानक अर्को कुनै कारण हुनै सक्दैन।जताततै बेथिति, दण्डहिनता, भष्ट्राचार, अनियमितता, गैरजिम्मेवारी र अनिश्चितता व्याप्त छ।मान्छे खान नपाएर भोकभोकै मर्दैछन सरकार सर्प पाल्न ७२ करोड पैसा दिन्छ।महङ्गी र कालाबजारी खुलेआम छ।कहि कतै बाट निगरानी छैन।

ज्यालादारी मजदुरहरूको अवश्था दयनिय छ।बहाल तिरेर बस्नेहरूको हालत त्यस्तै छ।अधिकांश प्राइभेट स्कूल वा कलेज पढाउने शिक्षकहरूलाई कोरोनाको कारण देखाएर चोर सञ्चालकहरूले पाँच/ छ महिनादेखि तलब दिईरहेका छैनन।यि सबै कुरामा राज्य पूरापुर बेवास्ता गरिरहेछ।खासमा यहाँ सरकार जिउँदो पनि छ कि वा कुनै भेन्टिलेटरमा अन्तिम सास लिईरहेछ भन्न सक्ने अवश्था छैन।

के कति कारणले यसरि घरिघरि बिना सुचना बत्ति गईराछ कसैलाई जवाफ दिने फुर्सद छैन।पैसा तिरेर नेट जोड्यो पैसा पुरा लिन्छ दिनमा सयौ चोटी नेट काटिन्छ वा स्लो हुन्छ।उपभोक्ता अधिकार कुन चराको नाम हो कसैलाई चासो छैन।जताततै ठगी र बेईमानी छ।कमाउनेले खोलाको ढुङ्गा चोरेर, ठेक्कापट्टा हिनामिना गरेर, सेटिङमा तस्करी गरेर, सार्वजनिक जग्गा कब्जा गरेर, बेपर्वाह घुस लिएर, नेता मन्त्रिहरूको तलुवा चाटेर कमाईरहेकै छन।

अन्डर एसएलसीहरू वडा अध्यक्ष, मेयर मन्त्रिदेखि प्रधानमन्त्रि भएका छन।देशमै केहि गर्नुपर्छ भन्ने शिक्षित बेरोजगारहरू आत्महत्या गर्नुपर्ने अवश्थामा पुगिसकेका छन।जताततै झोले, हनुमान, अरिङगाल र टपर्टुईयाहरूकै बिगबिगी छ।एउटा ठेकेदारले इन्जिनियर कजाउँछ।एउटा ठगले अस्पतालमा डाक्टर नचाउँछ।एउटा अँौठा छापेले कलेजमा लेक्चर्स र प्रोफेसरहरूलाई उठबस गराउँछ।

जता हेर्यो अभाव छ।सपना त्यसै-त्यसै तुहिरहेछ।तनावले रातभरि निद्रा लाग्दैन।जिन्दगीको आँधी उमेर बाटो खोज्दा-खोज्दै सकिन्छ।त्यहि पनि भेटिने कुनै टुङ्गो हुँदैन।यस्तो लठपत्र अवश्था देखेर कसैले देशको अनुहारमा पिच्च थुकि दियो भने उसले केहि गल्लि गरेको मान्न सकिदैन।केहि बर्ष अगाडि सम्म पनि विदेश गएर पलायन हुनेहरू देखेर घृणा लाग्थ्यो।अहिले`जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी´भनेर बच्चा बेलामा नैतिक शिक्षा पढाउने गुरूलाई सम्झिदा रिस ह्वात्तै बढेर आउँछ।