पूर्वी नेपालमा भूकम्पको धक्का

2020-09-11   समाचार

झापा २६ भदौ २०७७। पूर्वी नेपालमा भूकम्पको धक्का महसुस गरिएको छ । शुक्रबार बिहान ९ बजेर ३० मिनेट जाँदा इलाम, झापा, पाँचथर लगायतका जिल्लामा भूकम्पको धक्का महसुस भएको हो।

नेपाल भारत सीमा क्षेत्रमा केन्द्रविन्दु भएर शुक्रबार बिहान ५ म्याग्निच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ ।