आज पनि बढ्यो सुनको मूल्य

2020-09-10   अर्थ

काठमाडौं २५ भदौ २०७७। नेपाली बजारमा सुनको मूल्य आज पनि बढेको छ । बुधबार सुनको मूल्य प्रतितोला ९६ हजार ४ सयमा कारोबार भएकोमा आज तोलामा ४ सयले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९६ हजार ८ सय रहेको छ भने तेजावी सुनको मूल्य ९६ हजार ३ सय निर्धारण गरिएको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । बुधबार चाँदीको मूल्य प्रतितोला १३१५ मा कारोबार भएकोमा आज तोलामा १० रुपैयाँले बढेर १३२५ कायम भएको महासंघले जनाएको छ ।