बिहीबारको मौसम पूर्वानुमान

2020-09-10   समाचार

काठमाडौं २५भदाै०७७/मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्युन चापीय रेखा औसत भन्दामाथि र नेपालभन्दा दक्षिणतर्फ अवस्थित रहेको जनाएको छ ।

महाशाखाले हाल देशभर सामान्यदेखि पूर्ण बदली भइे केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको जानकारी दिएको छ ।महाशाखाका अनुसार दिउँसो देशभर सामान्यतया बदली रही केही स्थानहरूमा मेघगर्जन, चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।भने, प्रदेश १ , बागमती प्रदेश ,गण्डकी प्रदेश र प्रदेश ५ का एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

यसैगरी, राति देशभर सामान्यतया बदली रही केही स्थानहरूमा मेघगर्जन, चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।यस्तै, प्रदेश १ , प्रदेश २, बागमती प्रदेश ,गण्डकी प्रदेश र प्रदेश ५ का एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।