साैन्दर्य कलाकी पर्याय उनी -कमला शाक्य (सृष्टि)

 
मेराे मानसपटलमा उनकाे सम्झना नअाएकाे दिन नै छैन । उनकाे र मेराे भेट भएकाे करिब दुई दशक भइसकेछ । कुनै एक मासिक पत्रिकामा काम गर्दा उनीसंग अन्तर्वार्ता लिनेक्रममा भेट भएकाे थियाे । त्यतिबेला उनी साैन्दर्य क्षेत्रमा निकै नाम कमाएका वरिष्ठ साैन्दर्यकर्मी थिइन् । वीना बैद्य साैन्दर्य क्षेत्रमा चर्चित नाम थियाे । उनले चार दशकभन्दा बढी समय साैन्दर्य क्षेत्रमा खर्चेकाे देखिन्छ । साैन्दर्य क्षेत्रमा लामाे समय एकछत्र राज गरेकी वरिष्ठ साैन्दर्यकर्मी वीना एक शिक्षित स्वावलम्बी र स्वाभिमानी नारी थिइन् ।
 
उनकाे अथाह मेहेनत र लगनशीलले सन् १९७५ मा अाफ्नाे करियर सुरुवात गरेकी हुन् । उनकाे श्रीमान् प्रेमानन्द वैद्य नेपाल वायुसेवा निगममा कार्यरत थिए । उनका श्रीमान् प्रेमानन्दकाे कामकाे सिलसिलामा उनी पनि भारत गएकी थिइन् । उनी जीवनमा अाफै केही गर्न चाहन्थिन् । उनी श्रीमानसँग सल्लाह लिएर साैन्दर्य कलासम्बन्धि सीप सिक्नेतर्फ उन्मुख भइन् । उनले सुरुमा भारतकाे दिल्लीस्थित पामेला व्युटि कल्चर स्कुलमा साैन्दर्यसम्बन्धी एक वर्ष प्रशिक्षण लिएकी थिइन् । त्यहि व्युटि स्कुलमा करीब दुई वर्ष कामकाे अनुभव प्राप्त गरिन् । त्यसपछि उनकाे लक्ष्य नै साैन्दर्यसम्बन्धि विज्ञता हासिल गर्ने रह्यो ।
 
वीनाले लण्डनमा ६ महिने काेर्सकाे डिप्लोमा इन व्युटी कल्चर / हेयर, जापानकाे टाेकियाेमा डिप्लोमा इन व्युटी कल्चर / हेयर, अमेरिकाकाे न्युयोर्कमा मेकअपमा ३ महिने विशेष काेर्स र पेरिसमा स्कीनमा ३ महिने विशेष काेर्स पूरा गरिन् । त्यसपछि क्यानाडा साैन्दर्य प्रशिक्षककाे प्रशिक्षणसमेत साैन्दर्यसम्बन्धी ज्ञान हासिल गरिन् । यसरी साैन्दर्य कलासम्बन्धि धेरै समय ज्ञान हासिल गर्ने नेपालकाे साैन्दर्यकर्मी नै संभवत उनी पहिलाे हुन् ।
 
विदेशमा धेरै अवसर पाएर पनि आफ्नै देशमा केही गर्छु भनेर वीनाले नेपालमा सन् १९७८ मा वीनाज् हेयर एण्ड व्युटी क्लिनिक स्थापना गरी साैन्दर्य क्षेत्रलाई नै स्थायी रुपमा संस्थापन गरिन् । उनले साैन्दर्य क्षेत्रलाई उद्यमकाे रुपमा मात्र हाेइन, यसलाई मर्यादित पेसाकाे संस्थागत गर्ने कामकाे थालनी पनि उनले गरिन् । उनले साैन्दर्य क्षेत्र अपनाउने बेलामा नेपालमा त्यससम्बन्धी त्यति विकास नै भएकाे थिएन । उनकाे अथाह मेहनत र लगनशीलताकाे कारण उनले सफलता हासिल गर्न सफल भएकी हुन् ।
संघर्ष गरेर नै निरन्तर अघि बढेकी वीना कहिले पनि आफ्नाे परिवारकाे भरमा बाँच्न जानिनन् । उनी अाफ्नै कमाई नै अाफ्नाे हाे र अाफूले अार्जन गरेकाे ज्ञानलाई व्यबसायिकरुपमा अपनाएर साैन्दर्य क्षेत्रकाे विकासमा भूमिका निर्वाह गर्न केही हदसम्म सफल पनि भइन् । स्वावलम्बी र अात्मनिर्भर उनी नेपालकै लागि एक याेग्य र कर्मठ नारी हुन्, मेराे बुझाईमा । मैले उनलाई नजिकबाट चिनेकी थिएँ । उनले अाफ्नाे जीवनमा कहिले हिम्मत हारिनन् र अाफ्नाे स्वअस्तित्व र पहिचानकाे लागि निरन्तर अघि बढेकी थिइन् । नेपालको सन्दर्भमा भन्ने हाे साैन्दर्य क्षेत्रमा निरन्तर लागि पर्ने एक प्रेरक हस्ती बन्न सफल भइन् र उनकाे निरन्तरताले साैन्दर्य क्षेत्रमा एक वरिष्ठ साैन्दर्यविद् पनि बन्न पुगिन् उनी ।
 
साैन्दर्यविद् वीनालाई म बेलाबखतमा उनलाई भेट्न जाने गर्थे । मलाई देखेर भन्ने गर्थिन्, ‘मैले तिमीलाई हिजाेमात्र सम्झेकी थिएँ वा अाज बिहानमात्र सम्झेकी थिएं ।’ अनि मेलै पनि हजुरलाई सम्झेर अाएकी हुँ भन्थें । घण्टाैंसम्म साैन्दर्य क्षेत्र र यसकाे विकासकाे बारे साेच्ने गर्थिन् । १५-२० वर्षदेखि साैन्दर्य क्षेत्रमा अाएकाे विकृति र विसंगति बारेमा उनी चिन्तित हुने गर्थिन् । यसैका बारेमा घण्टाैं मसँग कुरा गर्ने गर्थिन् उनी ।
 
केही वर्षअघि उनले अाफ्नाे व्युटी क्लिनिक अाफ्नै घरमा सारेकी थिइन् । त्यहाँ पनि उनी अाफै काममा खट्न्थिन् । मेराे र उनकाे सम्बन्ध भएकाे यति धेरै समय भइसक्याे, उनी सधैं सकारात्मक साेच राख्ने गर्थिन् , जीवनप्रति अाशावादी हुने गर्थिन् र सधैं उर्जाशील थिइन् । यसरी दिन, महिना, वर्ष गर्दै समय अाफ्नाे गति बढिरहेकाे थियोे । यसरी समय बित्दै जाँदा एक वर्षअघि कुरा थियाे त्याे । उनलाई भेट्न उनकै घरमा गएकी थिएँ । त्यतिबेला उनीसँग भेट्दा उनी हल्का बिरामी थिइन्, केही दिनदेखि पेट सामान्य दुखेकी बताएकी थिइन् । मैले नयाँ घरमा सर्नु भएकाेले चिसाे लागेर हाेला, मैले भनें । उनले भनिन्, ‘मेराे पुरानाे घर नै ठीक थियाे । छाेराहरुकाे मन राख्नमात्र यता सरेकाे हाे ।’ त्याे दिन एकघण्टा कुराकानी गरी म अाफ्नाे बासस्थानतिर लागें ।
 
करीब एक महिनापछि उनकाे व्युटी क्लिनिकमा गएकी थिएँ । त्यहाँकाे पुरानाे कर्मचारी तथा साैन्दर्यकर्मी दिदी मञ्जरीबाट थाहा पाएँ कि वीना दिदी निकै बिरामी भएर अस्पतालमा अाई.सि.यु.मा राखेकाे छ भनेर । त्यसपछि उनलाई करिब १५ दिनपछि म उनलाई घरमा भेट्न गएँ । म त्यहाँ जाँदा अाराम गरीरहेकि थिइन् । मलाई उनले देख्नेबित्तिकै बिरामी नै नभएकाे जस्तैगरी जुरुक्क उठिन् र भनिन्, ‘सृष्टि, तिमी अायाैं, मैले त तिमीले माया मार्याैं कि भन्ठानेकिथेँ र मैले भनें, हजुरलाई कहाँ माया मार्न सक्छु र म ? र त भेट्न अाएकि हजुरलाई ।’ उनकाे थिलथिल परेकाे शरीर देखेर मेराे साह्रै मन दुख्याे र मैले भनेँ, हजुरलाई अब अर्काे पटक अाउँदा काेदाेकाे पीठो ल्याएर अाउँछु र हजुर त्यसकाे सूप पिएर बलियो हुनु हुनेछ, मैले भनें । केही समय बसेपछि म अाफ्नाे बासस्थानतिर लाग्ने तरखर गरिरहेकी थिएँ । त्यतिबेला नै उनकाे परिवारबाट थाहा पाएँ, उनलाई पाठेघरकाे क्यान्सर भएकाे रहेछ । उनकाे पाठेघरकाे अपरेशन गरेकाे रहेछ । उनकाे छाेरा नै वरिष्ठ डाक्टर भएर पनि उनकाे क्यान्सर बारेमा अनविज्ञ थिए । पाठेघरसम्बन्धि लक्षण अन्तिममात्रै थाहा हुने रहेछ कि के हाे ..! म उनकाे त्यस्तो स्थिति देखेर साह्रै दुखी भएकी थिएँ ।
 
कामकाे व्यस्तता र चापले गर्दा म उनलाई भेट्न सकिरहेकी थिइनँ । तर उनकाे सम्झना भने नअाएकाे हाेइन । करीब एक महिनामा वीना दिदी र मलाई राम्रोसँग चिन्ने एक साैन्दर्यकर्मी दिदीले मलाई फाेन गरिन् र वीना बैद्यकाे स्वर्गे भयाे, भनिन् । फाेनमा नै भक्कानिएर राेएछु म….। र मैले हत्त न पत्त फाेन राखेर उनकाे कर्मचारी मञ्जरी दिदीलाई फाेन गरें । त्यहाँबाट थाहा पाएँ उनकाे स्वर्गे भएकाे ११-१३ दिन भएकाे रहेछ । त्याे कुरा थाहा पाएकाे भाेलीपल्ट म उनकाे घर गएँ । “धेरै मानिसहरु चिनेर पनि नाैलाे र विरानाे लागिरहेकाे थियाे मलाई । याे संसार नै विचित्रको लागेको थियाे .., अाफ्नाे नजिककाे साथी ठान्ने र असल मानिसहरु किन सधैंकाे टाढा हुनुपर्ने रहेछ.., किन मृत्यु निश्चित छ …।”
उनलाई एक महिना भेट्न गइनँ भने कताकता खल्लाे लाग्थ्यो र म भेट्न जाने गर्थें । उनी स्वर्गे भएकाे एक वर्ष भइसक्याे, तर उनकाे सम्झनाले सधैं सताउने गर्छ र उनीसँगकाे मेराे भावनात्मक नाता अटुट छ..! उनकाे माया र यादहरु मेराे जीवन रहेसम्म मनमा रहिरहने छ ..!!
उनीप्रति मेराे नमन र हार्दिक श्रद्वाञ्जली …!!!