0 COMMENTS

काठमाडौं २२ साउन २०७७ । नेपाली बजारमा आज पनि सुनको मूल्य ह्वात्तै बढेको छ । बुधबार सुनको मूल्य प्रतितोला १ लाख १ हजार ४ सयमा कारोबार भएकोमा आज तोलामा ११ सयले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघकाअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख २ हजार ५ सय कायम गरिएको छ भने तेजावी सुनको मूल्य १ लाख २ हजार निर्धारण गरिएको छ ।

त्यस्तै, चाँदीको मूल्य पनि आज बढेको छ । चाँदी आज तोलामा ५० रुपैयाँ बढेर तोलाको १३ सय ४५ रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।