0 COMMENTS

काठमाडौं, १८साउन ०७७/आइतबार सुन प्रतितोला ९९ हजार ६ सय रुपैयाँमा पुगेर नयाँ रेकर्ड कायम गरेको छ।शुक्रबार प्रतितोला ९९ हजार तीन सयमा कारोबार भएको सुन आज तीन सयले बढेर एतिहासिक रेकर्ड कायम गरेको हो। यसअघि सुनको उच्च मूल्य शुक्रबार थियो।

त्यसैगरी, चाँदीको मूल्य प्रतितोला १२ सय ३० रुपैयाँमा पुगेको सुनचाँदी व्यवसायी महासंघले बताएको छ। शुक्रबार १२ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदी आज ३० रुपैयाँले बढेको हो।

आइतबार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस १९ सय ७५ अमेरिकी डलरमा कारोबार भइरहेको छ। अन्तर्राष्ट्रिय बजारमै सुनको मूल्य बढेर त्यसको असर नेपालमा देखिएको महासंघले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।