२२ वर्षीया युवतीमाथि एसिड आक्रमण

2020-07-24   अपराध

काठमाडौँ०९साउन०७७ । ओखलढुङ्गा घर भई सीतापाइलामा बस्ने एक २२ वर्षीया युवतीमाथि तेजाब (एसिड) आक्रमण भएको छ । महानगरीय प्रहरी परिसरका अनुसार बिहीबार साँझ सीतापाइलामा पवित्रा कार्कीमाथि तेजाब प्रहार भएको हो ।

प्रारम्भिक जानकारीअनुसार एसिड अनुहारमा परेको प्रहरीले बताएको छ । अहिले उनलाई कीर्तिपुर अस्पताल लगिएको प्रहरीले जनाएको छ । प्रहरीले तेजाब प्रहार गर्नेको खोजी गरिरहेको जनाएको छ ।